+
+

खोटाङमा साँझ ७ बजे ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १९:४४

८ साउन, काठमाडौं । खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?