Comments Add Comment

हुण्डाईका गाडीको मूल्य बढ्दै, तत्काल किन्नेलाई पुरानै मूल्य (नयाँ मूल्य सूचीसहित)

साउन १७ गतेदेखि हुण्डाई गाडीका सबै मोडेलहरुमा मूल्यवृद्धि हुनले भएको छ । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ९लक्ष्मी हुण्डाईर्०ले यस्तो जानकारी गराएको छ ।

ग्राहकहरुको सुविधाको लागि यस मूल्य समायोजनको जानकारी छिटो भन्दा छिटो प्रदान गरेको र कोही पनि ग्राहकहरुले अहिले उपलब्ध भएको गाडी साउन १६ गते सम्ममा खरिद गरेमा हालको मूल्य समायोजन अघिको मूल्यमा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

‘यसको फाइदा लिँदै चाँडै नै आफ्नो मनपर्ने हुण्डाइ गाडी खरिद गर्न प्रोत्साहित गर्दछौं,’ कम्पनीले भनेको छ,’यस समयको फाइदा उठाउनुहोस् र तपाईको मनपर्ने हुण्डाई गाडी घर लग्नुहोस् । ‘

नयाँ मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment