+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कञ्चनपुरमा तीन लाख बराबरको चिनीसहित मिनी ट्रक र चालक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १४:१६

१४ साउन, धनगढी । भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरेर ल्याएको चिनीसहित प्रहरीले कञ्चनपुरमा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

मिनी ट्रकमा तीन लाख १८ हजार रुपैयाँ बराबरको ९८ बोरा चिनी फेला पारेर बरामद गरिएको उनले बताए । मिनी ट्रक चालक भरत बिष्टलाई पनि पक्राउ गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?