Comments Add Comment

पर्यटक आउन तयार छन्, खोप अभियान बढाऔं : होटेल व्यवसायी

१९ साउन, काठमाडौं । होटेल व्यवसायीले नेपालमा पर्यटक आउन तयार रहेको भन्दै खोप अभियान तीव्र बनाउन माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

हानकी अध्यक्ष सिर्जना राणाले कोभिड-१९ को महामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय जोगाउन समेत खोप अत्यावश्यक भएको बताइन् ।

कोभिड १९ को दोस्रो लहरको कोभिडबाट अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको उनले बताइन् । अध्यक्ष राणाले विश्वका कतिपय मुलुकहरुमा कोभिडविरुद्धको खोपको मात्रा पुरा गरेका विदेशी नेपाल आउन तत्पर रहेको समेत जानकारी दिइन् ।

होटेल व्यवसायीले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरुलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment