
२० साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि १९ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज ओमानमा हुँदैछ । यसका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो, जसमा नयाँ अनुहारका रुपमा गुल्सन झा अटाएका छन् ।
यस्तै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने छन् ।
कमल सिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन शरार्फ र रोहितकुमार पौडेललाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4