+
+

राष्ट्रिय सभा सदस्यले भने- जनतामारा कार्यक्रम ल्याएको सरकारलाई धन्यवाद छ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १३:३२

२० साउन, काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको राष्ट्रिय सभामा विरोध भएको छ ।

बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु ।’

वर्तमान सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको आरोप उनले लगाए ।

उनले दार्चुला घटनामा पनि खेद प्रकट गरे । तुइन काटिएको प्रत्यक्षदर्शी हुँदाहुँदै छानबिन आयोग बनाएर अलमलाउने काम भएको उनको भनाइ छ ।

भारतीय पक्षले तुइन काटिदिंदा दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

सो घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले आजबाट काम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?