+
+

सडक विभागका पूर्व महानिर्देशक शर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १६:५६

२१ साउन, काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन भएको छ । उनको बुधबार अपराह्न २ बजेतिर ‍‍‍८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने । शर्माकै सक्रियतामा नेपाल इन्जिनियरिङ काउन्सिलको स्थापना समेत भएको थियो । उनी काउन्सिलको संस्थापक अध्यक्ष पनि हुन् ।

स्कुले जीवनमा सधैं प्रथम हुने विद्यार्थीको उपमा पाएका शर्मा वि.सं. २०१२ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

जीवनको उत्तररार्धमा शर्माले धार्मिक एवं आध्यात्मिक क्षेत्रका आधा दर्जन जति पुस्तकहरू प्रकाशित गरेका छन् ।  शर्मा सत्य साई बाबा, श्री अरविन्द घोष, स्वामी विवेकानन्द तथा रवीन्द्रनाथ ठाकुर आदिबाट प्रभावित भएर धार्मिक गतिविधिमा बढी सक्रिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?