+
+

वैरागी काइँला ८२ वर्षमा, स्वास्थ्य सामान्य हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते ११:२८

कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) ८२ वर्ष प्रवेश गरेका छन् । वि.सं १९९६ साउन २५ गते पाँचथर जिल्लाको पौवा सारताप गाउँमा जन्मेका काइँला कवि एवं मुन्धुमविद्का रुपमा प्रसिद्ध छन् ।

गत असार १० गते घरमै बसिरहेका बेला स्ट्रोक भएर गम्भीर बिरामी भएका काइँला ओम अस्पतालमा दुई साताको उपचारपछि घर फर्किएका थिए ।

अहिले काइँलाको स्वास्थ्य सुधार हुँदै गएको छोरी नामओति नेम्वाङले बताएकी छिन् । ‘विस्तारै उठ्न-बस्न सक्ने हुनभएको छ तर, पहिलाजस्तो प्रष्ट बोल्न अलि गाह्रो हुन्छ’ अनलाइनखबसँग कुरा गर्दै नामओतिले भनिन्, ‘डाक्टरको सल्लाहमा अहिले पनि नियमित चेकजाँच गरिरहेका छौं ।’

पत्नी र एक छोरीसहित काइँला काठमाडौं सुकेधारा बस्दै आएका छन् । उनका सम्पूर्ण कविताहरूको संकलन ‘बैरागी काइँलाका संकलित कविता’ तथा लिम्बू भाषा र संस्कृतिसम्बन्धी एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?