
२५ साउन, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।
उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4