+
+

प्रधानमन्त्री देउवा र ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते ११:२४

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए ।

ठाकुर पक्षका नेता भण्डारीले भने यसबारे कुराकानी नै नभएको दाबी गरे । उनले भने, ‘हामी हाम्रा मागमुद्दाबारे ध्यानाकर्षण गराउन गएका थियौं, त्यही कुरा भयो ।’

ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक ल्याउने कुरा भएको थियो । तर अधिवेशन अन्त्य भयो,’ नेता भण्डारीले भने, ‘यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका छौं ।’

ठाकुर पक्षका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, त्यसअनुसार टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेमश चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि माग गरेका छन् । ‘हामीले संविधान संशोधनका लागि कार्यदल बनाएका थियौं, यसबारे पनि ध्यानाकर्षण गराएका छौं’ उनले भने ।

जवाफमा प्रधानमन्त्री देउवाले भने छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?