Comments Add Comment

धर्म-संस्कार

List Grid
राज्यारोहणको समयमा युधिष्ठिरलाई कसले दिएका थिए मृत्युवरणको सुझाव ?

महाभारतमा रहेका हरेक पात्रलाई कुनै न कुनै ज्ञान दिनका लागि प्रयोग गरिएका हुन्छन् । यी सबै पात्रको कथालाई छुट्टाछुट्टै हिसाबले व्याख्या गर्दा पनि यसबाट कुनै न कुनै ज्ञान प्राप्त हुन्छ । यिनै पात्रमध्ये एक हुन् चार्वाक राक्षस । चार्वाक राक्षस दुर्याेधनका परममित्र थिए । जसका कारण उनले युधिष्ठिरको राज्यारोहणको समयमा ज्ञानीको भेषमा गएर दुर्याेधनलाई बन्धुको […]

बाइबलमा समेटिएका केही जीवन उपयोगी ज्ञानहरू

बाइबल इसाई धर्मको मूल ग्रन्थ हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्छन् । यो ग्रन्थ विश्वमा सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तक पनि हो । यो पुस्तक पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको थियो । इसाई धर्मावलम्बीहरू यही ग्रन्थलाई आफ्नो आदर्श मान्ने गर्छन् । त्यही बाइबलमा समेटिएका केही जीवन […]

जैन धर्मका प्रवर्तक महावीरका १० अनमोल वचन

पूर्वीय दर्शनमा ९ किसिमका दर्शनहरू रहेका छन् । एकातर्फ वेदलाई प्रमाण मान्ने हिन्दु धर्मसँग सम्बन्धित रहेका ६ दर्शनहरू रहेका छन् भने अर्कोतर्फ बौद्ध धर्म र जैन धर्मसँग सम्बन्धित नास्तिक दर्शनहरू छन् । यही नास्तिक दर्शनमध्येको एक हो बर्द्धमान महावीरले प्रतिपादन गरेको जैन दर्शन । जैन धर्ममा पनि दुई सम्प्रदायहरू छन् । पहिले दिगम्बर अर्थात् ४ […]

इस्लाम धर्म : यस्ता ८ प्रकारका व्यक्ति जकात(दान) लिन योग्य मानिन्छ

इस्लाम धर्ममा पाँच किसिमका अरकानहरू रहेका हुन्छन् । अरकान भनेको स्तम्भ वा जग भन्ने अर्थमा हुन्छ । जसमा आधारित भएर नै इस्लाम धर्मको ढाँचा निर्भर रहेको हुन्छ । ती ५ अरकान निम्नानुसार रहेका छन् । १‍ शहादत २ सला ३‍ जकात ४ सौम ५ हज शहादत : शहादतको बारेमा जानकारी राख्नु हरेक इस्लाम धर्मावलम्बीहरूको लागि […]

याज्ञवल्क्य स्मृति : साम, दाम, दण्ड र भेद कस्तो ठाउँमा प्रयोग गर्ने ?

याज्ञवल्क्य ऋषिद्वारा लिखित ग्रन्थ हो याज्ञवल्क्य स्मृति । उक्त स्मृतिमा राजनीति, समाज र व्यक्तिको दैनिकी बारेमा समेत विभिन्न सुझाव दिइएको छ । लोकाेक्तिमा समेत चर्चित रहेको साम, दाम (दान), दण्ड र भेदको नीति पनि याज्ञवल्क्यले आफ्नो स्मृति ग्रन्थमा उल्लेख गरेका छन् । उनले यसलाई चार प्रकारको राजनीतिक उपायको रुपमा उल्लेख गरेका छन् । कुनै पनि […]

श्रीमद्भगवत गीताका मन छुने भनाईहरु, जसले हाम्रो सोच्ने शैली बदल्छ

श्रीमद्भगवत गीता पूर्विय दर्शनको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ । यसले मान्छेलाई सही दिशा मार्गदर्शन गर्छ र गलत बाटोमा हिँड्नबाट बचाउँछ । यसमा जुन उपदेश छ, त्यो भगवान श्रीकृष्णले स्वयम् कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई बताएका थिए । जब महाभारतको युद्ध सुरु हुँदै थियो, अर्जुन युद्ध गर्न चाहिरहेका थिएनन् । तब भगवान श्री कृष्णले अर्जुनलाई धर्म र कर्मको […]

गुरुकुल शिक्षा : गहिराइमा जीवनको ज्ञान, मौलिक परीक्षा शैली

झट्ट गुरुकुलको अवधारणा सुन्नेले यो धर्मशास्त्र सिकाउने केन्द्रको रुपमा बुझ्ने गर्छन् । तर गहिराइमा बुझ्दा गुरुकुलको दुनियाँ सामान्य बुझाइभन्दा निकै गहिरो छ । यहाँ त धर्मशास्त्र कम र व्यावहारिक ज्ञानलाई बढी महत्व दिइन्छ, जुन व्यक्तिको इच्छा र उसको क्षमताका आधारमा पहिचान गरिन्छ । कोही व्यक्ति आयुर्वेदिक ज्ञानको लागि इच्छुक छ भने उसलाई सामान्य भाषाको ज्ञान […]

वैदिक वाङ्मयमा नृत्यको स्थान : कसरी उत्पत्ति भयो ‘नाट्यवेद’ ?

नृत्यको चलन वैदिककाल भन्दा पहिले पनि उत्पत्ति भएको प्रमाण यजुर्वेदमा पाउन सकिन्छ । हामीले भारत वर्षको आदि ग्रन्थको रूपमा वेदलाई मान्छौं र यो चार भागमा विभाजित रहेको र यो अपौरुषेय रहेको कुरा धेरैले मान्ने गर्छन् । सामवेदले संगीतको उत्पत्ति गरेको मानिन्छ । तर वैदिक वाङ्मयको उद्धरणबाहेक यदि तपाईंले यस विषयलाई अन्वेषणात्मक दृष्टिकोणबाट पछ्याउनु भयो भने […]

वेदमा उल्लेखित १० जीवन उपयोगी ऋचा एवं‌ श्लोकहरू

सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । के भनिन्छ भने, यसमा मान्छेको हरेक समस्याको समाधान छ । वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ । अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र […]

सप्तर्षि परिचय : कृषि कर्मका योजनाकारदेखि संगीतका शिरोमणिसम्म !

नेपाली समाजमा गोत्रको प्रचलन अहिलेसम्म पनि धेरैले मान्दै आउने संस्कारमध्ये एक हो । ती सबै गोत्रहरू कुनै न कुनै ऋषिको नामबाट राखिएको छ । अर्थात् तिनै ऋषिको सन्तानको रूपमा गोत्रको चलन बसालिएको हो । हामीले सात जना ठूला ऋषिहरूको समूहलाई सप्तर्षि भनेर चिन्ने गर्छौं । यी सात जनाको सूचीमा न त वेद संकलन गरेको श्रेय […]

कहाँ भेटिन्छ धर्म र विज्ञानको मिलनबिन्दु ?

संसारमा दुई किसिमका दार्शनिक विचारका व्यक्तिहरू हुन्छन् । एकाथरीले अतीतको कुरा गर्छन् त अर्को पक्षले भविष्यको कुरा गर्ने गर्छन् । इतिहास खोतल्दा समकालीन समयमा ‘पागल’को संज्ञा दिइएका व्यक्ति नै पछि गएर ठूलो आध्यात्मिक व्यक्तित्व बन्ने गरेको देख्न सकिन्छ । विगतको बारेमा कुरा गर्ने इतिहासकारहरू, पुरातत्वविद्हरू आदि हुन् भने भविष्यको बारेमा कुरा गर्नेहरू भविष्यवक्ता, काल्पनिक र […]

रावणभन्दा पहिले लंकाका राजा को‍-को थिए ?

श्रीलंका सरकारले ‘रामायण’ मा लंका प्रकरण सम्बन्धी सबै क्षेत्रहरूमा अनुसन्धान गरेर यसको ऐतिहासिकता प्रमाणित गर्ने प्रयास गरेको छ । ती ठाउँहरुलाई पर्यटन केन्द्रको रूपमा विकसित गर्नको लागि गरेको विभिन्न पुरातात्विक अध्ययनले रामायणमा उल्लेखित लंकाको विविध पक्षको जानकारी मिलेको छ । राजा सुकेशका तीन छोराहरू थिए – माली, सुमाली र माल्यावान। लंकापुरीलाई माली, सुमाली र माल्यावान […]

पृथ्वीलाई मातृशक्तिको संज्ञा : वैदिक साहित्यमा के छ यसको प्रमाण ?

हामीले जहिले पनि मातृभूमिको बन्दना गर्ने बेलामा ‘’नेपाल आमाको जय होस्’ जस्ता उक्तिहरूको प्रयोग गर्ने गर्छौं । नेपालमा मात्रै होइन, भारतमा ‘भारत माता’को रूपमा मातृभूमिको पूजा गर्छन् । त्यहाँ त भारत माताको मूर्ति नै बनाउने चलन छ । ‘मदर अमेरिका’को अवधारणा अमेरिकामा पाइन्छ । यसरी पूर्वीय होस् या पाश्चात्य मुलुकमा पृथ्वीलाई मातृशक्तिको रूपमा देखाउने चलन कहाँबाट […]

ज्योतिषशास्त्र : पूर्णिमा र समुद्रमा आउने छालको सम्बन्ध के छ ?

हिन्दु पञ्चाङ्ग अनुसार एक वर्षमा १२ वटा पूर्णिमा मनाउने गरिन्छ । ती सबै पूर्णिमाको फरक फरक महत्व रहेका हुन्छन् । तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा बनेको ज्योतिष शास्त्रले वैज्ञानिक विषयलाई समेत महत्व दिएर आफ्नो सिद्धान्त तयार पारेको हुन्छ । यही पाँच अंगको संयोजनबाट बनेको ज्योतिषले हरेक महिना एउटा पूर्णिमा र एउटा अमावस्याको अवधारणा […]

महाभारत युद्धका नियमहरू : कसरी र कसले तोडे पहिलो पटक ?

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो। दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू […]

एकादशी तिथिमा चामल नखानुकाे शास्त्रीय मान्यता के हो ?

आज अमलाकी एकादशी । अमलाकी एकादशीमा शरीरमा रहेका सबै प्रकारका रोगबाट मुक्ति पाउनको लागि व्रत बस्ने गरिन्छ भन्ने धार्मिक विश्वास छ । यसदिन पनि अन्य दिन जस्तै सकेसम्म फलाहार गरेर दिनभरि व्रत बस्नुपर्छ भन्ने मान्यता छ । त्यसो त हरेक एकादशीमा चामलको सेवनमा प्रतिबन्ध लगाइन्छ । यो प्रश्न प्रायः धेरै व्यक्तिमा जिज्ञासाकै रुपमा हुन सक्छ […]

महर्षि वाल्मीकिका जीवन उपयोगी भनाइहरू

महर्षि वाल्मीकि आदिकाव्य रामायणका रचनाकार हुन् । उनी संस्कृत साहित्यका महाकवि पनि हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर धमिराले देवल बनाएको थियो भन्ने कथन छ। धमिराको देवललाई संस्कृतमा वाल्मीक भनिन्छ । त्रेता युगीन […]

महाकवि कालिदासका केही जीवन उपयोगी भनाइ

कालिदास संस्कृत साहित्यका महाकवि हुन् । उनी राजपण्डितका साथै संस्कृत भाषाका महान् कवि र नाटककार थिए । कालिदासको शाब्दिक अर्थ “कालीको सेवक” भन्ने हुन्छ । उनी देवी कालीका भक्त थिए । उनलाई भारतीय गुप्त वंशीय शक्तिशाली राजा चन्द्रगुप्त द्वितीयले राखेको नवरत्न मध्येका एक रत्न पनि थिए । कालिदास शिवका पनि भक्त थिए । उनले पौराणिक […]

गीताको अध्यात्म विज्ञान : शाश्वत सुखको प्राप्ति कसरी ?

सयौं वर्ष अघि लेखिएको श्रीमद्भागवत् गीतामाथि अनेक किसिमका विद्वानहरूले विश्लेषण र शोध गरिसकेका छन् । यसमा कसैले यसलाई अद्भूत ज्ञानको सागर मानेका छन् त कसैले यसलाई फगत एउटा कथा संग्रह पनि मान्ने गर्छन् । तर संसारमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको ग्रन्थको सूचीमा समेत समावेश भएको यो ग्रन्थको सहि अर्थ खुट्याउन कमै मान्छे मात्रै सक्षम […]

बुद्ध वचन : आफ्नै क्षमतामा रमाउनुपर्छ, अरूमा निर्भर हुनु नै दु:खको कारण हो

भगवान् बुद्ध चार आर्य सत्य र अष्टाङ्गिक मार्गका प्रणेता हुन् । आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । उनले भनेको चार आर्यसत्यमध्ये दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध, दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध, दु:खको निवारण नै दु:खको अन्त्य छ […]

आजबाट विधिवत् रूपमा होलीको सुरुआत

काठमाडौं । आइतबारदेखि देशभर रंगहरूको पर्व  होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको […]