
उपवास शरीरको शुद्धीकरण गर्न बस्ने गरिन्छ । यसले मानसिक तथा शारीरिक रुपमा तन्दुरुत बनाउन भूमिका निर्वाह गर्छ । यसको कुनै खास नियम छैन । यो संस्कृति, परम्पराअनुसार फरक-फरक तरिकाले उपवास बस्ने चलन छ ।
तर वैज्ञानिक र धार्मिक हिसाबले भने पानी नपिई निर्जल उपवास बस्नु राम्रो मानिन्छ । तर त्यसो भन्दैमा फलफूल खाएर बस्ने उपवास नराम्रो भन्न मिल्दैन । उपवास जसरी बसे पनि हुन्छ, जसरी सहज लाग्छ त्यसरी बस्न सकिन्छ । यसमा मुख्यतया अन्न बार्नुपर्ने हुन्छ । अन्नबाहेक फलफूल, सलाद, पानी खाएर बस्न सकिन्छ । यसले पनि शरीरलाई नै फाइदै पुर्याउँछ ।
उपवासमा के खाने त ?
उपवासमा स्वस्थ मानिस सकेसम्म पानी पनि नखाई बस्नु लाभदायक हुन्छ । तर खानै परेमा अन्न बाहेकका फाइबरयुक्त खानेकुरा जस्तै फलफूल, सलाद, पानी सेवन गर्न सकिन्छ । यसबाहेकका माछामासु, घिउ, तेल, मही, दही दुधजन्य खानेकुरा खानुहुँदैन । प्रायजसो उपवासमा दूध खाने चलन देखिन्छ । जसले बेफाइदा त गर्दैन, तर उपवासको औचित्य पनि हुँदैन ।
उपवासको प्रकार
सामान्यतया उपवास दुई किसिमका हुन्छन् । निर्जल र फल आहार खाएर बस्ने उपवास । यसबाहेक पनि धेरै उपवास छन् ।
निर्जल उपवास : यसमा दिनभरि पानी पनि नपिइकन व्रत बस्ने गरिन्छ । यसलाई स्वास्थ्यकर्द्धक उपपवास मानिन्छ । यस्तो व्रत महिनाको एक वा दुईचोटिसम्म बस्न सकिन्छ । यसमा शरीरभित्र भएका खराब कोलेस्टेरोल, बोसो हटाउन मद्दत गर्छ ।
फलाहार उपवास : फलफूललगायत खानेकुरा खाएर बस्ने उपवास फलाहार उपवास हो । यसमा व्रतालुले केही घण्टाको फरकमा फलाहार खाने गरिन्छ । उपवास बस्दा दिनको तीन–चारपटक खाने र बीचमा पानी पिउने गर्नुपर्छ । यसले पनि शरीरमा निकै लाभ गर्छ । किनकि फलफूल फाइबरयुक्त खाना हो जुन सजिलै पच्छ ।
निराहार उपवास : यसमा केही आहार नखाई सेवन बस्ने चलन छ । यसको सट्टा एक-एक घण्टामा पानी मात्र पिएर दिनभर बस्ने व्रतलाई निराहार भनिन्छ । यो व्रतले शरीरलाई पूर्ण रूपमा सफा गर्न मद्दत गर्छ ।
रसाहार : कुनै फलको रस मात्र पिएर बस्ने व्रतलाई रसाहार भनिन्छ । फलफूलको एक गिलास जुस दुई या तीन घण्टाको बीचमा पिउने, बीचबीचमा एक घण्टाको फरकमा एक गिलास पानी पनि पिउनुपर्छ । यो शरीर सफाइको प्रभावकारी विधि हो ।
एकछाके उपवास : दिनमा एक छाक मात्र खाने गरिन्छ । यसमा अन्न वा फलफूल दुवै खान मिल्छ । साथै बीचबीचमा घण्टैपिच्छे पानी पिउने सकिन्छ । अचेल चलिआएको व्रत एकछाके हो । यो उपवास तौल घटाउन फाइदाजनक मानिन्छ ।
उपवासले शरीरलाई कसरी फाइदा गर्छ ?
यसबेला शरीरले खाना पचाउने कामबाट मुक्ति पाउँछ । यसैको मौकामा शरीरले आफ्नो शुद्धीकरण गर्न लाग्छ । निरन्तर खाना खाइरहेको बेलामा शरीरले पूर्ण रुपमा पचाउन सकिरहेको हुँदैन । त्यही नपचेको खाना वा शरीरमा जम्मा भएर बसेको विकारलाई नष्ट गर्ने र शुद्ध पार्ने काम उपवासका बेला शरीरले गर्न पाउँछ । जसले गर्दा शरीरमा खराब कोलेस्टेरोल र बोसो जम्मा हुन दिंदैन । पेटलाई सधैं स्वस्थ र हलुका बनाउँछ ।
पानी पनि नपिई उपवास बस्नु कति ठीक ?
निर्जल उपवासले शरीरलाई हलुका र फूर्तिलो बनाउने बनाएर शरीरलाई उर्जा प्रदान गर्छ । साथै पेटभित्र भइसकेको अशुद्धि गर्न सकिन्छ । यसले क्यान्सरको हुने जोखिमसमेत न्यून गराउँछ ।
प्रतिक्रिया 4