तपाइले सेयर बजारमा गरेको लगानीबाट कति प्रतिफल प्राप्त हुन्छ? नगद र बोनस सेयरमा कति कर लाग्छ? अनलाइनखवरको निःशुल्क क्यालकुलेटर टुलमार्फत हिसाव निकाल्न सक्नुहुन्छ ।
नेपालमा कम्पनीहरुले दुई थरीको लाभांश दिने प्रचलन छ। पहिलो हो- बोनस मार्फत र दोस्रो हो- नगद लाभांश ।
अनलाइनखवरको डिभिडेन्ट क्यालकुलेटरले तपाईले कुनै पनि कम्पनीले लाभांश दिए पश्चात् तपाईले बोनस मार्फत कति पाउनु भयो, नगद मात्र कति पाउनु भयो भनेर गणना गर्छ । लाभांशमा राज्यले पनि कर लिने भएकोले साेबापत कति रकम राज्यलाई गयो भन्ने कुराको हिसाब पनि डिभिडेन्ट क्यालकुलेटरले देखाइदिन्छ ।
उदाहरणको लागि- तपाईसँग कुनै कम्पनीको १०० कित्ता शेयर छ र कम्पनीले २० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दियो भने लगानीकर्ताले नगद लाभांश मार्फत् पाउनु पर्ने रकम : २ हजार रूपैयाँ र बोनस मार्फत् २० कित्ता थपिने भयो ।
राज्यले कर लिंदा बोनस शेयर र नगद लाभांश दुवैको लिन्छ । फलस्वरूप नगद लाभांश बापत १०० रुपैयाँ र बोनस शेयर बापत १०० रुपैयाँ कर कट्टा हुन्छ र अन्त्यमा २०० रुपैयाँ राज्यलाई कर जान्छ । त्यो कर नगद लाभांशमार्फत् घटेर आउँछ ।
अब, लगानीकर्ताले पाउने बोनस शेयर २० कित्ता हुने भयाे भने लगानीकर्ताले पाउने नगद लाभांश १८ सय हुने भयो ।
डिभिडेण्ड क्यालकुलेटरको आवश्यकता किन ?
डिभिडेण्ड क्यालकुलेटरको सहयोगले लगानीकर्ताले आफुले कुनै पनि कम्पनीको शेयर खरीद गरे पश्चात् त्यो कम्पनीले लाभांश प्रस्ताव गरेको हकमा त्यो लाभांश खाँदा कति बोनस र नगदको मार्फत प्रतिफल प्राप्त हुन् सक्छ भनेर अनुमान लगाउन सकिन्छ ।
आफुले प्राप्त गरेको प्रतिफल चित्त नबुझेको हकमा बुक क्लोज हुनु पुर्व नै बेच्ने वा प्रतिफल चित्त बुझेको हकमा शेयर होल्ड गरेर राख्ने निर्णय लिन यो औजार महत्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4