Comments Add Comment

कुलमान

List Grid
कुलेखानी पुगेर ऊर्जामन्त्री र कुलमानले ठेकेदारलाई भने-अब कुनै बहाना चल्दैन

२१ साउन, हेटाैंडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रो स्थलगत निरीक्षण गरेका छन् । आयोजना निर्माण्को गति सुस्त भएको भन्दै मन्त्री शाहीले ४ महिनाभित्र सक्ने गरी १५ दिनभित्र स्पष्ट कार्यायोजना ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । उनले विभिन्न बाहना बनाएर पटक-पटक आयोजनाको निर्माणमा ढिलाइ […]

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको योजनामा अर्थको तगारो

१२ जेठ, काठमाडौं । निरन्तर घाटामा रहेको नेपाल विद्युत्त प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने भएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तीय पुनर्संरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो । आव ०६७/६८ मा सरकारले विद्युत्त प्राधिकरणको २७ अर्ब अपलेखन गरिदिएपछिको चार वर्षमा ३७ […]

कुलमानको योजनामा मुख्यसचिव बाधक ! एलइडीको फाइल मन्त्रिपरिषदमै अडि्कयो

१८ बैशाख, काठमाडौं । २ सय मेगावाट बिजुली बचाउन एलईडी बल्ब किन्ने योजना मन्त्रिपरिषद्मा अडि्कएको छ । उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा लोडसेडिङ नगर्ने भन्दै देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने योजना बनाएको थियो । त्यसका लागि नेपाल भारत ऊर्जासचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार उर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट २ […]

लक्ष्यअघि नै तामाकोसी चलाउन अब ३ सिफ्टमा काम, बोर्ड बैठक आयोजनास्थलमै

१० वैशाख, काठमाडौं । अहिलेको लक्ष्यअनुसार काम हुने हो भने ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट विसं ०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्ण क्षमतामै विद्युत् उत्पादन थाल्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्यभन्दा अघि नै तामाकोसी सञ्चालनमा ल्याइसक्ने गरी पहलकदमी अघि बढाएका छन् […]

कुलमानको कथामा फिल्म, ‘उर्जामन्त्री’ राजेश हमाल

काठमाडौं । मुलुक स्थानिय चुनाबमा होमिइरहेको वेला अभिनेता राजेश हमाल मन्त्री बने भन्दा अचम्म लाग्न सक्छ । राजेश हमाल चलचित्र ‘उज्यालो नेपाल’मा मन्त्रीको भूमिकामा देखिएका छन् । भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । शुभ मिडिया होम प्रा.लिले […]

५ वर्षभित्रै हरेक परिवारलाई जलविद्युत् कम्पनीको सेयरः ऊर्जामन्त्री

४ वैशाख, काठमाडौं । सरकारले ५ वर्षभित्रै देशका हरेक परिवारलाई जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको सेयर दिने योजना बनाएको छ । ‘सर्वसाधारणले पैसा तिरेर मात्र नभई जलविद्युत् आयोजनामा श्रमदान गरेरपनि सेयर लिन पाउने छन्,’ ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा भने । मन्त्री शर्माले यसबाहेक पनि थप ६० हजार युवाले यस्तो सेयर […]

जग्गा अतिक्रमण रोक्न कुलमान आफैं क्रेन लिएर बालाजुको सब-स्टेशन पुगे

३० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् । प्राधिकरणको सब-स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर पाएपछि कुलमान आफैं त्यहाँ पुगेका हुन् । उनले प्राधिकरण स्वामित्वको जग्गामा अनुमति नलिई बनाउन लागिएको बाटो रोक्न क्रेनको सहयोगमा पोलहरु […]

२ लाख थान मिटर किन्दै विद्युत प्राधिकरण, आवदेन दिएको ७ दिनभित्रै जोडिने

२८ चैत, काठमाडौं । विजुलीको मिटर जडानका आवेदन गर्दा लामो समयसम्म मिटर बक्स नपाएर समस्या भोग्ने धेरै छन् । अब भने नेपाल विद्युत् प्राधिकरणले आवेदन गरेको ७ दिनभित्रै विद्युतको मिटर बक्स जडान गर्ने यरी कार्ययोजना अघि सारेको छ । यसका लागि झण्डै २ लाख थान मिटर किन्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । घरायसी तथा […]

पुराना पंखा मिल्काउनोस्, विद्युत प्राधिकरणले नयाँ दिँदैछ

२७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको योजना सफल भए आगामी वर्ष ३ सयदेखि ४ सय मेगावाटसम्म बिजुली जोगिने भएको छ । प्राधिकरणले आफ्ना उपभोक्तालाई किफायती बल्ब तथा उपकरणको प्रयोगमा प्रत्यक्ष प्रोत्साहन गरेरै विजुली बचाउने रणनीति लिएको छ । यसका लागि प्राधिरकणले ५४ लाख थान साधारण पंखालाई ‘इनर्जी इफिसियन्ट’ पङ्खाका माध्यमबाट प्रतिस्थान गर्ने योजना अर्को […]

कालीगण्डकी पुगे कुलमान, मर्मतको काम २० दिनमै सकिने

२७ चैत, काठमाडौं । स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजना मर्मतको काम तीव्र पारिएको छ । गतवर्ष ४५ दिनसम्म लगाएर गरिने कालिगण्डी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । अाइतबार मर्मत सुरू भएको ११  दिन पुगेको छ, अबको ९ दिनमा मर्मत सक्ने लक्ष्य छ । मर्मत सम्भारको अनुगमन गर्न विद्युत प्राधिकरणका कार्यकारी […]

‘चोर’ समातिएपछि १ अर्ब बढीको विजुली जोगियो

२२ चैत, काठमाडौं । ‘विजुली चोर’ पक्राउ परेपछि नेपाल विद्युत प्राधिकरणले झण्डै १ अर्ब बढी विजुली चुहावट हुनबाट जोगाएको छ । पछिल्लो ६ महिनाको अवधिमा नै प्राधिकरण ४ प्रतिशत विजुलीको चोरी नियन्त्रण गर्न सफल भएको हो । ६ महिनाअघिसम्म नेपालमा उपलब्ध समग्र बिजुलीको २४ प्रतिशत चुहावट हुन्थ्यो । यसमा प्राविधिक चुहावट आधा थियो भने चोरीको आधा […]

कुलमान भन्छन्- तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ । मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर […]

कुलमानको घोषणाः देशभर विहान-बेलुकीको लोडसेडिङ हट्यो

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको घोषणा गरेका छन् । उनले अब बिहान र बेलुकीको लोडसेडिङ पूर्ण रुपमा हटेको बताएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताए । साथै अब देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । […]

टिम कुलमान ! को-को छन् लोडसेडिङ हटाउने टिममा ?

२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी […]

विद्युत् प्राधिकरणले २ करोड थान एलइडी बल्ब बाँड्दै

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ । केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन […]

कुलेखानीमा अझै ३१ मिटर पानी बाँकी, गत वर्षभन्दा बढी जलसञ्चय

२५ फागुन, काठमाडौं । गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ । अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय […]

कुलमानले भनेः विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ

२० फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकषिर्त गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ […]

‘२ वर्षभित्रै भान्साबाट ग्यास हटाउन यसरी हुनेछ सम्भव’

१९ फागुन, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार नेपाली उपभोक्ताको भान्साबाट २ वर्षभित्रै एलपी ग्यास हटाउने उद्घोष गरे । लोडसेडिङ घटेपनि सबै ठाउँमा  नहटेकाले धेरैले यसलाई पत्याएका छैनन् । तर, नेपाल विद्युत् प्राधिकरण पनि दुईवर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण भित्रिने बताउँछ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी २ वर्षपछि विजुलीका ग्राहकले ग्यास […]

कुलमान उदाएपछि काठमाडौंमा जोडिन छाड्यो सोलार

१६ फागुन, काठमाडौं । गत वर्ष नाकाबन्दीसँगै लोडसेडिङ उच्च भएपछि शहरी क्षेत्रका घरहरुमा सोलार जोड्ने ट्रेण्ड नै बस्यो । बिजुली बत्तिको ठेगान नै नभएपछि धेरैले हजारौं रुपैयाँ खर्चेर सोलारलाई विकल्प बनाए । तर, यो वर्षको कात्तिकपछि काठमाडौंका घरहरुमा सोलार जोड्नै छाडिएको वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । साउनदेखि असोजसम्म काठमाडौंमा २ हजारभन्दा बढी घरमा […]

कुलमानको करामतः हिउँदमा पनि बर्षाकै बराबर बिजुली, राजस्व ह्वात्तै बढ्यो

१३ फागुन, काठमाडौं । गत भदौमा प्रशस्त बर्षा भएका कारण बिजुलीको उत्पादन सबैभन्दा उच्च बिन्दूमा थियो । त्यो महिना नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई ३९ करोड ९६ लाख युनिट बिजुली बेच्यो । असोजको सुरुवातमा प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा आए । कुलमानले लोडसेडिङ त हटाए नै, पुसमा पनि उनले बर्षायाम बेचिएको बराबर नै बिजुली उपभोक्ता माझ पुर्‍याए […]

कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड

९ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् । प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै कुलमानले यस्तो सम्मान पाएका हुन् । काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङ वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित भएका हुन् । उनले […]