Comments Add Comment

च्याम्पियन्स लिग

List Grid
च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुने

३० वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा हुने भएको छ । यही मे २९ मा तय भएको दुई इङ्लिस क्लब चेल्सी र म्यानचेष्टर सिटीबीचको खेल टर्कीबाट पोर्चुगल सारिएको हो । यसअघि फाइनल टर्कीको स्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुने तय भएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण उक्त खेल पोर्चुगलको पोर्टोमा सारिएको युरोपियन […]

च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा रियल र चेल्सीको बराबरी

१५ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिड र इङ्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् । रियलको अस्थायी घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । जसमा चेल्सीले […]

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

२६ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २-० ले पराजित गरेको छ । कोभिड-१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक-एक गोल गरे । माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे ।

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

२६ चैत, काठमाडौं । किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३-२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विन्होसले गरे । घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न पर्याप्त […]

यी हुन् च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

५ चैत, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब […]

च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

५ चैत, काठमाडौं । साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो । घरेलु मैदानमा […]

च्याम्पियन्स लिग : एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

५ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी […]

बार्सिलोना च्याम्पियन लिगको अन्तिम १६ बाटै बाहिरियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १-१ को बराबरी खेलेपछि समग्रमा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । बार्सिलोना सन् २००६-०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो । […]

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२६ फागुन, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेपानिस क्लब सेभियासँग २-२ गोलको बराबरी खेले पनि समग्रमा ५-४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगको खेल डर्टमण्डले ३-२ ले जितेको थियो । दोस्रो लेगमा एर्लिन हालान्डले […]

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

२६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । […]

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनल पहिलो लेगमा पाहुना टिमको दबदबा

१४ फागुन, काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित क्बल पुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगका खेलहरु सम्पन्न भएका छन् । राउन्ड अफ १६ अर्थात प्रिक्वाटरफाइनल खेलको पहिलो लेगको ८ खेलमध्ये ७ खेल भ्रमणकारी टिम वा पाहुना टिमले जित्यो । एक खेल मात्र घरेलु टिमले जित्यो । पोर्चुगलको एफसी पोर्टो मात्र अपवाद रह्यो । पोर्चुगिज क्लब […]

च्याम्पियन्स लिगमा १००औं नकआउट म्याच खेल्दै रियल मड्रिड

१२ फागुन, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा एक सयौँ नकआउट म्याच खेल्दैछ । यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियलले बुधबार राति इटालियन क्लब एटलान्टासँग खेल्दैछ । उक्त खेलपछि रियल च्याम्पियन्स लिगमा १०० औं  नकआउट खेल खेल्ने पहिलो क्लब बन्नेछ । रियल र एटलान्टाबीचको खेल एटलान्टाको घरेलु […]

साविक विजेता बायर्नको सहज जित, लेवान्डोस्कीले राहुललाई पछि पारे

१२ फागुन, काठमाडौं । साविक विजेता बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लाजियोमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ ले पराजित गरेको हो । लाजियोको मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक-एक गोल […]

जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् । उनको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए […]

बार्सिलोनामाथि पीएसजीको शानदार जित, एमबाप्पेको ह्याट्रिक

५ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान […]

बार्सिलोना र पीएसजी अन्तिम १६ मै भिड्ने

२९ मंसिर, काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् । सोमबार सार्वजजिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजी प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो । साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले एथ्लेटिको […]

च्याम्पियन्स लिग : समूह चरणमा के-के भए ?

२५ मंसिर काठमाडौं । नाटकिय केही दिनपछि च्याम्पियन्स लिग समूह चरणको खेलहरु सकिए । स्पेनिस जायन्ट रियल मड्रिड नकआउट चरणमा पुग्दा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड समूह चरणबाटै बाहिरियो । समूह चरणको खेलमा दे देखियो ? कुन टिम बलियो देखियो, कुन देखिएन ? एउटै समूहमा दुई ठूला टिम ! सोचे जस्तो रमाइलो भएन बार्सिलोना र युभेन्टस एकै […]

च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेन र जर्मनीबाट सर्वाधिक ४-४ क्लब

२५ मंसिर, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को समूह चरणका खेलहरु सकिएपछि अन्तिम १६ मा पुग्ने १६ टिमको टुङ्गो लागेको छ । ८ समूहका समूहविजेता र समूह उपविजेता अन्तिम १६ मा प्रवेश गरेका हुन् । जसमा स्पेन र जर्मनीबाट सर्वाधिक ४-४ क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पनेनबाट समूह […]

नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

२५ मंसिर, काठमाडौं । ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे […]

अगुएरोको गोल, म्यानचेष्टर सिटी अपराजित

२५ मंसिर, काठमाडौं । सर्जियो एगुएरोले चोटपछि पुनरागमन गर्दै गोल गर्दा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा मार्सेलाई पराजित गरेको छ । गएराति भएको खेलमा मार्सेलाई ३-० ले पराजित गर्दै सिटी समूह सीमा अपराजित रह्यो । यसअघि नै समूह विजेता बनिसकेको सिटीले ५ जित र १ बराबरीपछि १६ अंक जोड्यो । घरेलु मैदानमा […]

च्याम्पियन्स लिग : बायर्न अपराजित, एट्लेटिको समूह उपविजेता

२५ मंसिर, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा अपराजित रहेको छ । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको बायर्नले अन्तिम खेलमा लोकोमोतिभ मस्कोलाई २-० ले हरायो । घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि निक्लस लेले ६३औं र एरिक म्याक्सिम चपो मोटिङले ८०औं मिनेटमा गोल गरे । जितपछि […]