+

आत्मघाती गोल मदतमा इन्टर शीर्ष स्थानमा

२०८१ मंसिर  १२ गते ८:४७ २०८१ मंसिर १२ गते ८:४७
आत्मघाती गोल मदतमा इन्टर शीर्ष स्थानमा

१२ मंसिर, काठमाडौं । आत्मघाती गोलको मदतमा जर्मन क्लब आरबी लाइपजगिलाई १-० ले पराजित गर्दै इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लेको छ ।

इन्टरको घरेलु मैदानमा भएको खेलमा २७औं मिनेटमा लाइपजिगका कास्टेलो लुकेबाले आत्मघाती गोल गर्दा इन्टरले अग्रता लिएको थियो । इन्टरका फेडेेरिको डिमार्कोको फ्रिकिकमा लुकेबाले आत्मघाती गोल गरेका हुन् । त्यही गोल निर्णायक बन्दा इन्टरले ३ अंक जोडेको हो ।

चौथो जित हा तपारेको इन्टर ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । इन्टरले एक खेल बराबरी खेलेको थियो ।

यस्तै अर्को इटालियन क्लब एसी मिलानले स्लोभान बाटिसलाभालाई ३-२ ले पारजित गरेको छ ।  जितपछि एसी मिलान ५ खेलबाट ९ अंक जोडेर १४औं स्थानमा उक्लेको छ ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय