+

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

२०८० चैत  २ गते १७:२१ २०८० चैत २ गते १७:२१
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

२ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल साविक विजेता म्यानचेष्टर सिटी र सर्वाधिक १४ पटकको च्याम्पियन रियल मड्रिड भिड्ने भएका छन् ।

शुक्रबार भएको क्वाटरफाइनल ड्र अनुसार सिटीले स्पानिस कमहारथी रियल प्रतिद्वन्दी पाएको हो ।

यस्तै अर्को स्पानिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग क्वाटरफाइनलमा खेल्नेछ ।

यसैगरी जर्मन क्लब वायर्न म्युनिख र इंग्लिस क्लब आर्सनल तथा स्पानिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा भिड्नेछन् ।

क्वाटरफाइनल च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय