+

च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १०० गोल, बार्सिलोनाको सहज जित

२०८१ मंसिर  १२ गते ८:३६ २०८१ मंसिर १२ गते ८:३६
च्याम्पियन्स लिगमा लेवान्डोस्कीको १०० गोल, बार्सिलोनाको सहज जित

१२ मंसिर, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब ब्रेस्टलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसै गोलमार्फत लेवान्डोस्कीले च्याम्पियन्स लिगमा आफ्नो १००औं गवल पनि पूरा गरे । उनी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीपछि च्याम्पियन्स लिगमा १०० गोल पूरा गर्ने तेस्रो खेलाडी बने ।

६६औं मिनेट डानी ओल्मोले गोल गर्दै क्याटलान क्लबको अग्रता दोब्बर पारे । त्यसपछि लेवान्डोस्कीले खेलको इन्जुरी टाइमको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाए । च्याम्पियन्स लिगमा उनको यो १०१औं गोल हो ।

लिग चरणमा चौथो जित हात पारेको बार्सिलोना ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेलबाट १० अंक रहेको ब्रेस्ट नवौँ स्थानमा छ ।

यसैगरी अर्को स्पानिस क्लब एट्लेटिको मड्रिडले स्पार्टा पा्रगलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । एट्लेटिकोका लागि दुई अर्जेन्टाइन खेलाडी जुलियन अल्भारेज र एन्जल कोरेअले दुई-दुई गोल गरे भने मार्कुस लरेन्टे र एन्टोइन ग्रीजमनले समान एक गोल गरे ।

जितपछि एट्लेटिको ५ खेलबाट ९ अंक जोडेर १३औं स्थानमा उक्लेको छ ।

 

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय