+

बायर्नले पीएसजीलाई हरायो, लेभरकुजनको ६ गोल

२०८१ मंसिर  १२ गते ८:५९ २०८१ मंसिर १२ गते ८:५९
बायर्नले पीएसजीलाई हरायो, लेभरकुजनको ६ गोल

१२ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले दश खेलाडीमा सिमित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० पराजित गरेको छ ।

घरेलु क्लब एलिएन्ज एरेनामा भएको खेलमा बायर्नका लागि किम मिन जाएले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोल नै निर्णायक बन्दा बायर्नले ३ अंक जोड्यो ।

उसमान डेम्बेले ५७औं मिनेटमा रातो (दोहोरो पहेँलो)  कार्ड सामना गर्दै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । यद्यपी बायर्नले गोल थप्न भने सकेन ।

जितपछि बायर्न ५ खेलबाट ९ अंक जोडेर ११औं स्थानमा उक्लेको छ । समान खेलबाट ४ अंकसहित पीएसजी २६औं स्थानमा छ ।

यसैगरी अर्को जर्मन क्लब बायर लेभरकुजनले आरबी साल्जवर्गलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । लेभरकुजनका लागि फ्लोरिन विट्जले दुई तथा ग्रिमाल्डो, प्याट्रिक सिक र एन्डरिचले समान एक गोल गरे  ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय