Comments Add Comment

प्यालेस्टाइन

List Grid
इजरायली सेनाको गोली लागेर प्यालेस्टाइनका एक युवकको मृत्यु

२० असार, काठमाडौं । शनिबार वेस्ट बैंक क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर एक प्यालेस्टाइन युवकको मृत्यु भएको छ । गत मे महिनामा युद्धविराम सम्झौतापछि साम्य भएको इजरायल–प्यालेस्टाइन हिंसा पुनः बढेको छ । इजरायलको सेनाले भने यो घटनालाई प्यालेस्टाइन र यहुदीबीचको ‘हिंस्रक झडप’ भएको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार इजरायलको सेनाले भने उक्त […]

इजरायल–प्यालेस्टाइन युद्धको अपराध छानविन गर्ने प्रस्तावमा नेपाल तटस्थ

१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ । गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ […]

इजरायल–प्यालेस्टाइन युद्धविराम : आफ्नो जित भएको दुवै पक्षको दाबी

७ जेठ, काठमाडौं । इजरायल र इस्लामिक संगठन हमासबीच युद्धविराम भएको छ । उक्त युद्धविरामलाई दुवै पक्षले आफ्नो जित भएको बताएका छन् । युद्धविराम सकिएसँगै ठूलो संख्यामा प्यालेस्टाइनी सडकमा ओर्लिएर जितको खुसी मनाएका छन् । हमासले अझै आक्रमण भए त्यसको जवाफ दिने प्रतिक्रिया दिएको छ । इजरायल र हमासबीच ११ दिनसम्म युद्ध भएपछि युद्धविराम भएको […]

प्यालेस्टाइनसँगको संघर्ष : युद्धविरामको लागि तयार भयो इजरायल

७ जेठ, काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको छ । उक्त […]

इजरायल–प्यालेस्टाइनबीच छिटै युद्धविराम हुने हमासको विश्वास

६ जेठ, काठमाडौं । इजरायलसँग युद्ध लडिरहेको संगठन हमासका अधिकारीले गाजा क्षेत्रका लडाकु र इजरायलसँग एक दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि अहिले दुवैतर्फ निरन्तर आक्रमण भइरहेको छ । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार ‘इजरायली नागरिकको शान्ति र सुरक्षा पुनः बहाल नभएसम्म’ युद्ध जारी रहने बताएका छन् । बिहीबार सबेरै […]

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे चीनले गर्‍यो अमेरिकाको आलोचना

३ जेठ, काठमाडौं । इजरायल–प्यालेस्टाइनबीच जारी द्वन्द्वको विषयलाई लिएर चीनले अमेरिकाको चर्को आलोचना गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले आइतबार अमेरिकाले संयुक्त राष्ट्रसंघलाई यो हिंसाको विरुद्धमा खुलेर बोल्न नदिएको आरोप लगाएका छन् । उनले एक भर्चुअल कार्यक्रममा बोल्दै केवल एक मुलुकको कारण राष्ट्रसंघले एक स्वरमा आफ्नो कुरा राख्न नपाउनु दुःखद् रहेको बताएका छन् । […]

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

१ जेठ, काठमाडौं । इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गर्दै आएका छन् । यो युद्धमा परी अहिलेसम्म गाजा क्षेत्रका १०० भन्दा धेरैको मृत्यु भइसकेको […]

जेरुसलेममा लगातार दोस्रो रात झडप, दर्जनौं घाइते

२६ वैशाख, काठमाडौं । प्यालेस्टाइनका नागरिक र इजरायली प्रहरीबीच शनिबार पनि झडप भएको छ । जेरुसलेमको पुरानो सहरको दमास्कस गेटमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेका थिए । इजरायली प्रहरीले पनि रबरको गोली, पानीको फोहोरालगायतका उपायको प्रयोग गरेका थिए । प्यालेस्टाइनका अधिकारीहरुका अनुसार ९० प्यालेटाइनियनहरु घाइते भएका छन् । इजरायलको प्रहरीले कम्तीमा एक प्रहरी घाइते भएको बताएको […]

इजरायली सेनामाथि प्यालेस्टाइनी किशोरीको थप्पड !

इजरायली सेनाका दुई जवान काँधमा बन्दुक अड्याएर उभिइरहेका थिए । त्यहीबेला पछाडिबाट दुई प्यालेस्टाइनी किशोरीहरु आउँछन् । तीमध्ये एक हुन् अहद तमीमी । अहद तमीमी सेनाप्रति आक्रोशित हुन्छिन्, ‘बाहिर निस्क, यहाँबाट हट ।’ उनको आक्रोशले इजरायली सैनिकलाई केही असर पर्दैन । तर, अहल तमीमीले हतियारधारी सैनिकको गालामा जोडदार थप्पड हान्छिन् र धकेल्छिन् । १७ वर्षीया […]