+
+
Shares

गाजामा राहत वितरणस्थलनजिकै इजरायलको आक्रमण, ३० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले गाजामा राहत वितरण स्थलनजिकै आक्रमण गर्दा ३० जनाको मृत्यु भएकाे छ।
  • आक्रमणबारे इजरायलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
  • अन्तर्राष्ट्रिय संस्थाहरुले जीएफको तटस्थतामाथि प्रश्न उठाउँदै आएका छन्।

१८ जेठ, काठमाडौं । गाजामा मानवीय सहायता वितरण गरिरहेको स्थल नजिकै इजरायलले आक्रमण गर्दा ३० जनाको मृत्यु भएको छ । इजरायलले गाजा ह्युमनटेरियन फाउन्डेसन (जीएफ) ले गाजाको राफामा राहत वितरण गरिरहेको स्थलनजिकै आइतबार आक्रमण गरेको हो ।

आक्रमणमा एक सय १५ जना घाइते भएका प्यालेस्टाइनी संचारमाध्यम र हमास नियन्त्रित संचामाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । इजरायलले भने आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिका र इजरायल समर्थित जीएचएफ नामक संस्थालाई राष्ट्रसंघले मान्यता दिएको छैन । जीएचएफले गाजामा राहत वितरण र मानवीयता सहायता पुर्याइरहेको दाबी गरिएपनि उसले इजरायल र अमेरिकाका लागि खुफिया एजेन्सीका काम गरिरहेको आरोप लाग्दै आएको छ ।

प्यालेस्टाइनले जीएचएफको तटस्थता र इजरायलले प्रयोग गर्ने बायोमेट्रिक तथा अन्य जाँचहरुबारे चिन्ता व्यक्त गर्दै आएको छ । इजरायली अधिकारीहरुले भने गाजामा जीएचएफले वितरण गर्ने भोजन लगायतका मानवीय सहयोगमा विद्रोही समूह हमासको पहुँच निषेध गर्न जाँचको अधिकार दिइएको तर्क गर्दै आएका छन् ।

२८ मे मा पनि इजरायलले जीएचएफको साइट नजिकै कम्तीमा तीन प्यालेस्टाइनी नागरिकको हत्या गरेको र सो घटनामा ४६ जना घाइते भएको हमासले आरोप लगाएको थियो । जीएचएफले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

इजरायलले पनि राहत वितरण स्थलमा हजारौं प्यालेस्टाइनीहरुको भागदौड मच्चिएपछि नियन्त्रणको लागि गोली चलाउनुपरेको भन्दै आक्रमणको बचाउ गरेको रोयटर्सले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?