९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मलेसियामा प्रदर्शन भएको छ ।
ट्रम्प अहिले मलेसियाको भ्रमणमा छन् । बीबीसीका अनुसार उनीविरुद्ध आइतबार प्रदर्शनहरू भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली निकालियो ।
समाचार एजेन्सी एएफपीका अनुसार, प्रदर्शनकारीहरूले ट्रम्पको विरुद्धमा नारा पनि लगाएका छन् ।
प्रदर्शनमा धेरै मानिसहरूले प्यालेस्टिनी झन्डा फहराएका देखिन्छन् । उनीहरूले ‘ट्रम्प, तिमीलाई मलेसियामा स्वागत छैन‘ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
ट्रम्प अहिले एसिया भ्रमणमा छन् । मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आपसी सीमा विवाद सम्बन्धी ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4