Comments Add Comment

बाँके

List Grid
बाँकेमा बाघको आक्रमणबाट एक भारतीयको मृत्यु

२८ भदौ, बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् । बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भएपनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने […]

भेरी अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु

१७ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सल्यान र दाङका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । सल्यानको त्रिवेणी गाउँपालिका–६ की ६६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो । उनीमा साउन […]

बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

८ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलाली र बर्दियाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनीमा सोमबार […]

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

२ भदौ, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो । असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको […]

बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

२५ साउन, राँझा । बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् । कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी […]

कटुवा पेस्तोल र भरुवा बन्दुकसहित बाँकेमा एकजना पक्राउ

२२ साउन, बाँके । प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढ रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ […]

स्कुटर चोरी गरेको आरोपमा युवक पक्राउ

१३ साउन, बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी […]

बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

७ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेको भेरी अस्पतालमा एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका–१ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार उनीमा साउन ३ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालमा भर्ना […]

नहरमा डुबेर बाँके र चितवनमा ५ जनाको मृत्यु

७ साउन, काठमाडौं । बाँके र चितवनमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जनाको मृत्यु भएको हो । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा […]

एक सातादेखि पानी नपर्दा बाँकेमा धान रोपाइँ रोकियो

२४ असार, काठमाडौं । बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाई गर्दा प्रतिघण्टा चार सयदेखि पाँच सय रुपैयाँसम्मको खर्च किसानहरुले बेहोर्नु परेको छ । बाँके र […]

बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्य

८ असार, काठमाडौं । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्यमा झरेको छ । असार ४ गतेयता बाँकेमा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या पनि न्यून रहेको उनले बताए । ओलीका अनुसार ४ असारमा एक, ५ असारमा १०, […]

बाँकेमा कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम दावी गर्न आह्वान

८ असार, काठमाडौं । बाँकेमा कोभिड–१९ को पहिलो लहरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई राहत रकम दावीका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बाँकेले आह्वान गरेको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउने राहत प्राप्तिका लागि असार १५ गतेभित्र आवश्यक कागजातसहितको निवेदन दिन प्रशासनले आह्वान गरेको हो । लुम्बिनी प्रदेश सरकारले […]

बाँकेका कोरोना अस्पतालमा ८० प्रतिशत शय्या खाली

६ असार, राँझा । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । जिल्लाका अस्पतालमा हाल ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी […]

बाँकेका किसानहरु पहिलो पटक चैते धान फलाउन सफल

३१ जेठ, काठमाडौं। बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दियाका किसानहरु […]

बाँकेमा पाँचजना कोरोना संक्रमितको मृत्यु

३० जेठ, काठमाडौं । बाँकेमा कोरोना (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक/एकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो । बैतडीको पुर्चौडी […]

बाँकेमा थप ७ जना संक्रमितको मृत्‍यु

२० जेठ, काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् । […]

बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा […]

बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

१७ जेठ, काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म […]

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

१७ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी […]

गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

बाँकेमा थप ८ संक्रमितको मृत्यु

१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय […]