Comments Add Comment

महन्थ ठाकुर

List Grid
उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

१५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका छन् । शुक्रबार दर्ता भएको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् । आयोगले ११ साउनमा जसपा […]

उपेन्द्र यादव पक्षको आधिकारिकताविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए । मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता […]

राजनीतिक जीवनको उत्तरार्धतिर पार्टीविहीन महन्थ

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन बनेका छन् । नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जसपा बनाएका ठाकुरलाई पार्टी आधिकारिकता विवादमा आफू अल्पमतमा पर्दैछु भन्ने थाहा नभएको होइन । ७ जेठको मध्यरातमा […]

महन्थ ठाकुर पक्षले दल दर्ता गर्ने प्रक्रिया के छ ?

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिई महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न सक्ने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णयकै आधारमा ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने नभई नभई राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल गठन प्रक्रिया थाल्नुपर्ने देखिन्छ । सोमबार निर्वाचन आयोगले सार्वजनिक […]

ठाकुर पक्षका सांसदको पद धरापमा

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्षका सांसदको पद धरापमा परेको छ । ठाकुरले अर्को दल गठन गरेमा र ती सांसदहरु उक्त दलमा आवद्ध हुनासाथ उनीहरुको सांसद पद स्वतः खारेज हुन्छ । कुनै सांसदले दल त्याग गरेको पुष्टि भएमा उक्त पद नरहने सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले […]

‘ठूला पार्टीको स्वार्थमा जसपा विभाजन भयो’

थ्रेस होल्डको डर मधेसमा आधारित पार्टी भए पनि मधेसी नाम जनता समाजवादी पार्टी (जसपा)ले छाडिसकेको थियो । यो कुरा जसपा बन्नुभन्दा अगाडि नै भइसकेको थियो । संविधानमा रहेको थ्रेस होल्डको प्रावधानका कारण पछिल्लो निर्वाचनमा उहाँहरूलाई यस्तो निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । मधेस केन्द्रित मात्रै राजनीति गरिरहँदा ढिलो चाँडो थ्रेस होल्डका कारण राष्ट्रिय दलको […]

ठाकुर-महतो समूहको सम्भावित तीन विकल्प  

जसपा विभाजन लगभग यसअघि नै तय थियो । तीन चार महिना अघिदेखि नै खासगरी नेकपा विभाजन भएपछि जसपामा खिचातानी चलिरहेको थियो– केपी ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने ? यो विभाजनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन । आयोगबाट आधिकारिकता पाउने पक्ष बलियो हुन्छ । यसले उपेन्द्र यादवको पक्षमा प्रदेश र संघ दुवैतिर सांसदको संख्या बढ्न […]

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने […]

उपेन्द्र यादवलाई शरतसिंहको जवाफ : गलत काम गरेका छैनौं, आत्मग्लानि छैन

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए । पार्टीभित्र दुइटा […]

ठाकुर पक्षका नेता झा भन्छन्- आज हामी अल्पमतमा छौं, भोलि बहुमतमा हुन्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताएका छन् । एजेण्डाको नेतृत्व आफूहरुले गरेको भन्दै उनले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गरे । निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘मलाई के […]

महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

१० साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन […]

राजकिशोरले महन्थलाई भने : अर्को पार्टी बनाउन साथ दिन सक्दिनँ

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् । जसपाको आधिकारिकता विवादमा सुनुवाइ गरिरहेको निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो । […]

विप्लव र महन्थ ठाकुरबीच भेट

९ साउन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए । विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल […]

हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गए ठाकुर

८ साउन, काठमाडौं । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ । आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । […]

जसपामा ‘हेड काउन्ट’ : उपेन्द्र पक्षमा उत्साह, संकटमा महन्थ पक्ष

७ साउन, काठमाडौं । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने भएको छ । यससँगै उपेन्द्र यादव पक्षले आधिकारिता पाउने सम्भावना बढेको छ भने महन्थ ठाकुर पक्षमाथि संकट गहिरिएको छ । जसपाको आधिकारिकतामा सुनुवाइ गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको […]

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो । प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो […]

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै […]

जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास 

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा […]

महन्थ ठाकुरलाई संसद् विघटन पनि ठीक, पुनर्स्थापना पनि ठीक !

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको छ । ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि अब जसपाका ३२ सांसदकै मत देउवाले पाएका छन् । ७ जेठमा देउवाले प्रधानमन्त्रीमा दावी गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका १२ सांसदले मात्रै हस्ताक्षर दिएका थिए । […]

देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकाले आफ्ना माग पूरा गरिदिने वाचासहित देउवाको समर्थनमा मत दिने बताए । जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल […]

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको ठाकुर पक्षका सांसदहरुको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए […]