+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

महन्थ, हृदयेश र वृषेशचन्द्रको दलबीच एकीकरणको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुने भएको छ।
  • तीन दलले भ्रष्टाचार अन्त्य गर्दै विधिको पूर्ण सुशासनका लागि आम निर्वाचन एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन्।
  • तीन दलले समान अधिकार, समानुपातिक समावेशिता र विविधताको सम्मान सुनिश्चित गर्दै एकीकृत हुने निर्णय गरेका छन्।

२४ मंसिर, काठमाडौं । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुने भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको हो ।

देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितीको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशका लागि आम निर्वाचन नै एकमात्र विकल्प भएको निष्कर्ष तीन दलको छ ।

‘समान अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता, विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धत सिमान्तिकरणमा पारिएकाहरूको वृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं,’ एकता सहमतिपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै मधेश, थरुहट, आदिवाशी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई गोलबद्ध हुन समेत आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?