Comments Add Comment

महिला फुटबल

List Grid
स्वर्ण जित्न नसकेकोमा सधैं पछुतो लागिरहनेछ !

२४ मंसिर, पोखरा । साग सुरु हुनुभन्दा अघि उनले एउटा सपना बुनिन्, ‘१३ औं सागमा नेपाललाई स्वर्ण पदक दिलाउँछु र राष्ट्रिय टिमको कप्तानीबाट सन्यास लिन्छु ।’ त्यही सपनाअनुसार आफू र सिंगो टिमलाई तयार पारिन् । ३० वर्षीय फुटबलर निरु थापाको कप्तानीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय […]

सागमा महिला फुटबल : भारतसँग बदला लिने मौका !

८ मंसिर पोखरा । पछिल्ला वर्षहरुमा नेपाली महिला फुटबलले आशावादी बनाएको छ । प्रतियोगिताहरुको संख्या मात्र बढेको छैन, प्रदर्शन पनि सुधारिएको छ । त्यसकै प्रमाण हो, हिरो कप महिला फुटबलमा भारतलाई पन्छाउँदै फाइनलसम्मको यात्रा । नेपाली फुटबलरहरुले अन्तराष्ट्रिय लिगमा पनि अवसर पाउन थालेका छन् । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो लिग […]

नेपाली फुटबल सधैं किन भारतसँग हारिरहन्छ ?

५ माघ, काठमाडौं । राष्ट्रिय टिमबाट सन् १९९८ मा डेब्यू गरेका कुमार थापाले ५ वर्ष मिडफिल्डरको जिम्मेवारी निभाए । तर, तत्कालीन एन्फा अध्यक्ष गणेश थापासँगको मनमुटावपछि उनी राष्ट्रिय टोलीमा र्फकन सकेनन् । एन्फाबाट गणेश थापाको विदाइसँगै कुमारले १५ वर्ष रि-इन्ट्री मारे, प्रशिक्षकका रुपमा । एसियाली फुटबल महासंघबाट ए लाइसेन्स कोचिङ कोर्स गरेका कुमार थापाले चौथो […]

प्रधानसेनापति कप चौथो अन्तर्राष्ट्रिय महिला फुटबल भोलिदेखि

१८ कात्तिक, काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने अन्तर्राष्ट्रिय महिला फुटबलको चौथो संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाली सेनाले आज बिज्ञप्ति जारी गर्दै नेपालका ८ र भारतका दुई टिम सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल शुक्रबारदेखि आयोजना गरिने जानकारी दिएको हो । कात्तिक १९ गतेदेखि सुरु हुने प्रतियोगिता कात्तिक २४ गते सम्पन्न हुनेछ । […]

दुई वर्षभित्रै महिला फुटबलमा सावित्राको छलाङ

दुई बर्षअघि हलचोकमा फुटबल खेल्दा सावित्रा भण्डारीले रंगशालाको पूर्वपट्टी महिला फुटबल स्टार जमुना गुरुङको ठूलो पोस्टर देखेकी थिइन् । उनी सोच्छिन्, ‘मेरो पनि यस्तैगरी पोष्टर टाँगिने दिन कहिले आउला ?’ सावित्रालाई सशस्त्र प्रहरीको एपिएफ क्लवले १६ बर्षको उमेरमै अनुबन्ध गरेको थियो । २०७१ सालको साउनतिर प्रशिक्षणको क्रममा उनलाई हलचोकको मैदान बाहिर राखिएको जमुनाको पोस्टरले निक्कै […]

पूर्वाञ्चलविरुद्ध एपीएफको गोल वर्षा, सविता एक्लैले गरिन् ८ गोल

१४ वैशाख, काठमाडौं । महिला राष्ट्रिय फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीको एपीएफले पूर्वाञ्चल क्षेत्रविरुद्ध गोलको वर्षा नै गरेको छ । मंगलबार भएको खेलमा एपीएफले पूर्वाञ्चललाई १५-० गोल अन्तरले हराएको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा सशस्त्र प्रहरीकी सविता भण्डारी एक्लैले दोहोरो हृयाट्रिकसँगै आठ गोल गरिन् । आठौं मिनेटमा नै गोलको खाता खोलिकी उनले ४४, ६०, […]