News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ ।
- इरानले लगातार दुई खेल जित्दै त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।
- प्रशिक्षक नविन न्यौपानेले महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु खेलमा हार व्यहोरेका छन् ।
७ कात्तिक, काठमाडौं । भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ ।
इरानलाई हराउँदै उपाधि नै जित्ने लक्ष्य राखेको नेपालले दोस्रो हाफमा १० मिनेट अन्तरमा तीन गोल व्यहोर्दा पहिलो खेलमै पराजित भएको हो ।
लगातार दुई खेल जित्दै इरानले त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ । इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २-० ले पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल १० कात्तिकमा भारतसँग खेल्नेछ ।
शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो ।
तर दोस्रो हाफको सुरुवातदेखि नै नेपालमा गोल व्यहोर्न थाल्यो । सारा दिदारले ४७औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाइन् । उनले पहिलो खेलमा भारत विरुद्ध २ गोल गरेकिर थिइन् । जाहरा घानबारीले ५३औं मिनेटमा गोल गर्दै इरानको अग्रता दोब्बर पारिन् । त्षसपछि सबनम बेहेसितले ५७औं मिनेटमा इरानको लागि तेस्रो गोल गरिन् ।
यसै खेलमार्फत हिरा कुमारी भुजेल र दीपा शाहीले पनि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमनन गरेका छन् । हिराले पहिलो रोजाईँमा खेल्दा दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । यस्तै एएफसी महिला एसिनय कप छनोटमा कुनै पनि खेल खेल्न नपाएकी पूर्व कप्तान गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि पहिलो रोजाईँमा सुरु गरेकी थिइन् । तर तीन गोल व्होरेपछि उनलाई अन्जना राना मगरले दोस्रो हाफमा रिप्लेस गरिन् ।
यसुतै मुख्य प्रशिक्षक नविन न्यौपानेले महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु खेलमा हार व्यहोरेका छन् ।
प्रतिक्रिया 4