Comments Add Comment

मानव तस्करी

List Grid
अमेरिकाबाट बोरा बोकेर फर्किएका पाँच नेपाली युवा !

२ पुस, काठमाडौं । असोज १०, २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाड्दै गर्दा दाङका अनिल (नाम परिवर्तन) अमेरिका, पीआर र सुखद भविश्यको सपना देखिरहेका थिए । २६ महिनापछि उही अनिल काठमाडौं ओलिए, बोरा बोकेर । अझ यो २६ महिनामा उनको खाएको हण्डर सुन्ने मात्र हो भने पनि अत्यास लाग्छ । मुटु काम्छ र मुखबाट फुत्किन्छ, […]

अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक

२६ कात्तिक, काठमाडौं । अमेरिका जाने भएपछि पर्वतका सरोज जिसी, निरज रोकाया, रविन रेग्मी र नारायण आचार्यले पोहार सालको दशैंको टीका छाडे । हतारहतार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामका लागि उडे । भियतनामबाट अमेरिकासम्म पुर्‍याउने भारतीय एजेन्टले आश्वसन थियो । तर अमेरिका पुग्न यति गाह्रो होला भन्ने सोचेका थिएनन् । उनीहरुलाई भियतनाममा २० दिन राखियो […]

राजदूत शेर्पा काठमाडौं फर्किइन्, परराष्ट्रले लियो स्पष्टीकरण

२४ मंसिर, काठमाडौं । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण […]

दिल्लीमा मध्यराति १६ नेपाली युवतीको उद्दार

९ साउन, काठमाडौं । भारतको नयाँ दिल्लीबाट गएराति १६ नेपाली युवतीको उद्दार गरिएको छ । नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो । उनीहरुलाई नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतसम्म पुर्‍याइएको दिल्लीका सामाजिक अभियन्ता अमित मिश्रले जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘आश्चर्यको कुरा छ, नेपाली युवतीलाई […]

नेपाली युवतीलाई केरुङ पुर्‍याएर यौनधन्दामा लगाउने दुई जना पक्राउ

२५ असार, रसुवा । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्‍याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर […]

नेपाल-भारत सीमामा मानव तस्करी डरलाग्दो !

२७ चैत, नयाँ दिल्ली । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल र भारतबीचको सीमा क्षेत्रमार्फत मानव बेचविखन डरलाग्दो रुपमा बढिरहेको जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन सुरक्षा एजेन्सीहरुले नयाँ उपायहरु अबलम्बन गर्नुपर्नेमा उसको जोड छ । एसएसबीको विज्ञप्तिअनुसार सन् २०१४ मा यसले बेचविखनका घटनामा यस क्षेत्रबाट ३३ जना पीडितलाई उद्दार गरेको थियो । यो […]

मानव तस्करीको आरोप लागेका सांसदमाथि छानविन गर्न माओवादीद्वारा समिति गठन

२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरु मानव तस्करीमा तानिएको भन्ने विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार बसेको माओवादी पोलिटव्यूरो बैठकले अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा शेरचन, कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल छन् । बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डले माओवादी सांसदहरु विवादमा […]

डान्सबार र मसाज सेन्टरबाट हराएका किशोरी कहाँ पुग्छन् ?

१० जेठ, काठमाडौं । विदेशी पर्यटक र मनोरञ्जन केन्द्रहरुको पनि ‘केन्द्र’ हो ठमेल । जहाँ डान्सबार, मसाज तथा स्पा सेन्टर, दोहोरी साँझ र रेष्टुरेन्ट छन् । तीन मध्ये कतिपयमा यौनजन्य क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले बेला बेला छापा मार्छ । र, केहीलाई उद्धार गर्छ । तर, पछिल्लो समय यस्ता केन्द्रहरु मानव तस्करीको गतलो श्रोत बनेको […]

‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’

२५ वैशाख, काठमाडौं । संसदको अनतर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ । बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ । ‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, […]

सरकारी अधिकारी भन्छन्- वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो

७ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका नाममा मानव तस्करी डरलाग्दो रुपमा मौलाएको सरकारी अधिकारीहरुले बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिकामाथि मंगलबार काठमाडौमा गरेको अन्तक्रिर्यामा सहभागी सरकारी अधिकारीहरुले म्यानपावर कम्पनीहरुमाथि नियमन र कारवाही नहुँदा मानव तस्करी मौलाएको बताएका हुन् ।   सरकारले केही समययता खाडी मुलुक तथा मलेसियामा महिलाहरुलाई […]

यी महोदय युवा संघका नेता हुन् कि होइनन् ?

५ वैशाख, काठमाडौं । तस्वीरमा देखिएका महानुभावलाई चिन्नुहुन्छ ? यी हुन्  युवा संघका नेता महेश गिरी । युवा संघको उपाध्यक्ष भएका बेला निरु पाल गिरीकै निम्ताेमा युएई गएकी थिइन् । विगतमा नेपालबाट कार्यकर्ताहरुको निम्तो मान्न युएई पुगेकी एमाले नेतृ निरू पालसँग मायाको चिनो आदान-प्रदान गर्ने यिनै महेश गिरी यतिबेला नक्कली कलाकारका रुपमा नेपाली चेलीलाई युएई पुर्‍याइएको घटनामा मुछिएका छन् […]

एमाले युवा संघका नाममा युएईमा मानव तस्करी

३ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ । त्यसरी दुबई पुर्‍याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो । एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा […]