
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाली प्रहरीले सन् २०२३ देखि कम्तिमा २५ नवजात शिशु सिंगापुरमा बेच्ने बालबालिका तस्करी गिरोहको पर्दाफास गरेको छ।
- गत हप्ता पोन्तियानाक र टाङ्गेराङमा १३ जनालाई पक्राउ गरी ६ बालबालिकालाई उद्धार गरिएको छ।
- गिरोहले फेसबुक र ह्वाट्सएपमार्फत आर्थिक अभावमा रहेका आमाबुवालाई निशाना बनाउँदै बच्चा बेच्ने काम गरेको प्रहरीले जनाएको छ।
इन्डोनेसियाली प्रहरीले बालबालिकाको तस्करी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेको छ। सो गिरोहले सन् २०२३ देखि देखि हालसम्म कम्तिमा पनि २५ जना नवजात शिशुहरूलाई सिंगापुरमा बेचेको पाइएको छ ।
गत हप्ता प्रहरीले इण्डोनेसियाको पोन्तियानाक र टाङ्गेराङ सहरमा उक्त गिरोहसँग सम्बन्धित १३ जनालाई पक्राउ गरेको छ भने तस्करीको लागि लैजाँदै गरेका ६ बालबालिकालाई उद्धार गरेको छ। ती सबै बच्चाहरूको उमेर करिब एक वर्षको हाराहारीमा छ ।
पश्चिम जाभा प्रहरीका एक अधिकारीका अनुसार तस्करहरुले सुरुमा बच्चाहरूलाई पोन्तियानाकमा राख्ने र पछि उनीहरूका आप्रवासन कागजात तयार पारेर सिंगापुर पठाइन्थ्यो।
कसरी चल्थ्यो गिरोह ?
प्रहरीका अनुसार उक्त गिरोहले त्यस्ता आमाबुबा वा गर्भवती महिलाहरूलाई निशाना बनाउँथ्यो जसको अवस्था आफ्ना बालबच्चा समेत पाल्न नसक्ने थियो वा कतिपयले बच्चा पाल्न चाहँदैनथे।
उक्त गिरोहले त्यस्ता अभिभावकहरुलाई सुरुमा फेसबुकमार्फत सम्पर्क गर्थे र पछि ह्वाट्सएप जस्ता मेसेजन्र एपहरुबाट कुरा गरिन्थ्यो ।
पश्चिम जाभाका प्रहरी अधिकारी सुरावन भन्छन्- उक्त गिरोहले केही बच्चाहरू त गर्भमै रहँदा बुक गरिसकेका हुन्थे। जब बच्चा जन्मिन्थ्यो त्यसको प्रसव खर्चपर्च गिरोहले बेहोर्थ्यो । अनि त्यसपछि परिवारलाई केही पैसा दिइन्थ्यो र बच्चालाई बेच्नका लागि लगिन्थ्यो।
प्रहरीका अनुसार गिरोहमा संलग्न व्यक्तिहरूले आ–आफ्नो भूमिका अनुसार काम गर्थे । केही व्यक्तिहरू बच्चा खोज्ने काममा संलग्न थिए भने केहीले ती बच्चाहरूलाई राख्ने र हेरचाह गर्ने व्यवस्था मिलाउँथे । अनि केहीले पारिवारिक परिचयपत्र र पासपोर्ट लगायतका नक्कली कागजातहरू बनाउँथे।
बच्चाहरूलाई आमाबाट छुट्याएपछि उनीहरूलाई दुईदेखि तीन महिना सम्म बच्चाको हेरचाह गर्ने सुसारेहरुको जिम्मामा राखिन्थ्यो। त्यसपछि उनीहरूलाई जकार्ता अनि पोन्तियानाक लगिन्थ्यो। पोन्तियानाकमा उनीहरूको जन्म दर्ता प्रमाणपत्र, पासपोर्ट र अन्य कागजातहरु फर्जी कपी तयार पारिन्थ्यो।
प्रहरीका अनुसार ती बच्चाहरूलाई ११ लाखदेखि १६ लाख इन्डोनेसियाली रूपियाँ (करिब ६७० डलरदेखि १,००० डलर) मा बेचिएको थियो।
पक्राउ परेका केही व्यक्तिहरूले बताएअनुसार गिरोहले हालसम्म कम्तीमा १२ जना बालक र १३ जना बालिकाहरुलाई घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा बेचिसकेको छ। ती सबै बालबालिकाहरु पश्चिम जाभा प्रान्तका विभिन्न जिल्ला र सहरहरूबाट ल्याइएका थिए ।
त्यसरी बेचिएर सिंगापुर पूर्याइएका इण्डोनेसियाली बालबालिका तथा उनीहरुलाई अपनाएका अभिभावकहरुको पहिचान गर्नु अहिलेको प्राथमिकताको विषय रहेको इण्डोनेसियाली प्रहरीले जनाएको छ।
त्यसले लागि प्रहरीले ती बच्चाहरू कहिले, कसको साथमा र कहाँ गएका थिए भन्ने पत्ता लगाउन आवागमन सम्बन्धी तथ्यांक केलाइरहेको छ ।
सिंगापुरमा पूर्याइसकेपछि हाल ती बालबालिकाहरुको नागरिकता परिवर्तन भैसकेको तथापि हालसम्म उनीहरूको पासपोर्ट फेला पर्न नसकेको प्रहरीको भनाइ छ।
आफ्ना सन्तान किन बिक्री गर्छन् ?
प्रहरी अधिकारीका अनुसार ती बालबालिकाहरु तस्करहरू र सम्बन्धित बच्चाका आमा बुवाबीचको सहमतिकै आधारमा बेचिएका हुन् । त्यसैले कुनै पनि बच्चा अपहरण गरिएको प्रमाण हालसम्म भेटिएको छैन।
प्रहरी अधिकारी भन्छन्, – जो बाबुआमाले बच्चा अपहरणको उजुरी गरेका छन्, उनीहरूले पनि दलालले वाचा गरे अनुसारको पैसा नदिएपछि मात्रै उजुरी गरेको पाइएको छ।
केही आमाबुबाले आर्थिक अभावका कारण आफ्ना बच्चा बेच्न सहमति दिएका हुन सक्ने प्रहरीको आशंका छ । तर कानुन अनुसार त्यस्ता बाबुआमामाथि पनि आपराधिक मुद्दा दर्ता हुन सक्ने प्रहरीको भनाइ छ।
आमाबुबा र गिरोहबीच कुनै किसिमको सहमति भएको प्रमाणित भएमा त्यस्ता आमाबुवालाई बाल संरक्षण ऐन र मानव तस्करीसम्बन्धी कानुन अन्तर्गत कारबाही गरिने प्रहरी अधिकारी बताउँछन् ।
इन्डोनेसियाली प्रहरीले विदेशमा रहेका गिरोहका सदस्य र बच्चा किन्ने व्यक्तिहरूलाई पक्राउ गर्न इन्टरपोल र सिंगापुर प्रहरीसँग सहयोगको लागि अनुरोध गरेको छ।
प्रहरी अधिकारी सुरावनले भने – हामी ती अभियुक्तहरूलाई अभियुक्त घोषणा गरेर रेड नोटिस जारी गर्नेछौं । साथै अन्य देशका प्रहरीसँग उनीहरूको गिरफ्तारीका लागि अनुरोध गर्नेछौं।
इन्डोनेसियाको बालबालिका संरक्षण आयोगका आयुक्त आइ रहमायन्तीका अनुसार बालबालिका तस्करी गर्ने गिरोहहरूले प्रायः जीवनमा विभिन्न खालका समस्यामा परेका महिलाहरूलाई जालमा पार्ने गरेका छन् ।
उनका अनुसार यौन हिंसाको सिकार भइ गर्भवती भएका, श्रीमानले छोडेका तथा अनिच्छित गर्भ रहेका महिलाहरु तस्करको तारो बन्दछन् ।
स्रमण रहोस् इन्डोनेसियामा गर्भपतन गैरकानूनी छ। तथापि मेडिकल इमर्जेन्सी तथा बलात्कार जस्ता विशेष अवस्थामा भने गर्भपतन गर्न पाइन्छ ।
आयुक्त आइ रहमायन्तीका अनुसार बालबालिका तस्करी गर्ने गिरोहहरूले प्रायः आफूलाई प्रसूति क्लिनिक, अनाथालय वा सामाजिक सहायता केन्द्रका रूपमा प्रस्तुत गर्छन्। उनीहरूले समस्यामा परेका महिला र बच्चाहरूलाई आफूहरुले सहयोग गर्ने बताउँछन्। तर उनीहरुको वास्तविक उद्देश्य भने अर्कै हुन्छ।
इन्डोनेसियामा बाल तस्करीसम्बन्धी कुनै औपचारिक सरकारी तथ्यांक नभएपनि यस्तो गतिविधि लगातार बढिरहेको बाल संरक्षण आयोगको भनाइ छ ।
सन् २०२० मा आयोगले बालबालिकाहररूलाई गैरकानुनी रुपमा धर्मसन्तान बनाउने सम्बन्धी ११ वटा घटना दर्ता गरेको थियो जुन २०२३ सम्म आइपुग्दा ५९ मा पुगेको छ। यसमा बच्चालाई धर्मसन्तान बनाउने आवरणमा गरिएको बच्चा अपहरण र तस्करी समेत समेटिएको छ । बाल संरक्षण आयुक्त रहमायन्का अनुसार ती बच्चाहरू विभिन्न मूल्यमा बेचिएका थिए ।
उनी भन्छिन्- जाभामा बच्चाको मूल्य ११ लाखदेखि १५ लाख इन्डोनेसियाली रूपियाँसम्म थियो, भने बालीमा यो २० लाखदेखि २६ लाख रूपियाँसम्म पुग्थ्यो। मूल्य निर्धारणमा धेरै कुरा आधार बनाइन्थ्यो, जसमध्ये एक थियो बच्चाको शारीरिक बनावट।
-बीबीसीबाट
प्रतिक्रिया 4