+
+
Shares

स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:५५
प्रतीकात्मक तस्वीर

६ साउन, काठमाडौं । स्लोभाकिया र सर्बिया पठाउने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ कि २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ का ३३ वर्षीय सुदीप कुमार यादव छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

जुनुले स्लोभाकिया पठाउने भन्दै एक जनाबाट ३ लाख १० हजार र सुदीपले सर्बिया पठाउने भन्दै चार जनाबाट १८ लाख ५४ हजार ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

उनीहरू दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?