Comments Add Comment

रघुवीर महासेठ

List Grid
परराष्ट्रमन्त्री भन्छन्–चीनबाट ४० लाख खोप ल्याउँदैछौं

२ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे । ‘जोनसन एण्ड जोनसनको ५० लाख बिश्वबैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै […]

कोरोना खोपमा सहजीकरण गरिदिन भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

२६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् । बुधबार नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले यस्तो आग्रह गरेका हुन् । भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले […]

रघुवीर महासेठ–जुली महतो : पतिपत्नी आलोपालो मन्त्री

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् । ३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए । […]

रघुवीर महासेठलाई नेकपा स्थायी कमिटीबाट हटाउन माग

१९ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहले आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन माग गरेका हुन् । महासेठकै जिल्लावासी धनुषाका नेता साहले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई […]

सी भ्रमणको तयारीः सडक अनुगमनमा निस्किए यातायातमन्त्री महासेठ

२२ असोज, काठमाडौं । आसन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वतयारी स्वरुप काठमाडौँका विभिन्न स्थानमा भएको सडक मर्मत कार्यको बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए । सोहीस्थलमा मन्त्रीका […]

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ

१६ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल, सडक र सुरुङमार्ग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । विकासको प्रमुख आधार नै यातायात सञ्जाल भएको भन्दै उनले सरकारले पनि यसैलाई प्राथमिकतामा राखेको बताए । लगानी सम्मेलन अन्तर्गत यातायात पूर्वाधारसम्बन्धी सत्रको अध्यक्षता गरेका मन्त्री महासेठले भने, ‘भौतिक पूर्वाधार र यातायात सञ्जाल नै विकासको प्रमुख […]

फागुनभित्रै नेपालमा रेल चल्छ : मन्त्री महासेठ

२० मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन् । बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा मन्त्री महासेठले  भने, ‘माघ–फागुनसम्म रेल […]

भौतिक पूर्वाधारमन्त्रीले किन गर्दैछन् विवादास्पद निर्णय ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

प्रधानमन्त्रीको सुशासन मार्गमा आफ्नै मन्त्रीको ‘तगारो’

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु गर्छौंः मन्त्री महासेठ

२७ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक साताभित्रै विशेष महाशाखा बनाएर जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपना साकार हुने उनले बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने, ‘हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु […]

धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए

२४ मंसिर, जनकपुर । मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् । महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् । मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट खानेपानी तथा सरसफाइ मन्त्री […]