 
																			४ असार, काठमाडौं। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो क्षेत्रमा एक रुपैयाँ पनि नछुट्याएको भन्दै भौतिकमन्त्रीको राजीनामा मागेका हुन् ।
उनले भने, ‘ मेरो निर्वाचन क्षेत्र सप्तरी-४मा 1 लाख त के ५० पैसा पनि बजेटि विनियोजन भएको छैन । देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको के काम ? त्यसकारण म भौतिकमन्त्रीको राजीनामा माग गर्दछु।’
चौधरीले भौतिकमन्त्रीको आफूसँग के दुस्मनी छ भनेर पनि प्रश्न गरेका थिए ।
जनकपुरको मन्त्री र बजेट लेख्नुपर्नेमा भौतिक पूर्वाधार लेखिएकोमा उनले रातो किताब फिर्ता गर्दै रोष्टममै छोडेर हिँडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4