Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलप्रति सधैँ सम्मान रहने बताएका छन्।
- महासेठले फरक प्यानलबाट चुनाव लडेर पराजित भए पनि सबैको योगदान पार्टी बनाउन उत्तिकै रहेको बताए।
- उनले जनताको बहुदलीय जनवादले नेतृत्व चयन गर्ने व्यवस्था गरेको र पोखरेललाई आज र भोलि पनि नेता नै रहेको खुलाए।
३ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका ईश्वर पोखरेलप्रति सधैँ सम्मान रहने बताएका छन् ।
उनले आज फरक प्यानलबाट चुनाव लडेर अध्यक्षमा पराजित भए पनि सधैँ नेताको रुपमा सम्मान गरिरहने बताए ।
उपमहासचिव निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो पार्टी बनाउन आज निर्वाचित भएका र पराजित भएका सबैको उत्तिकै योगदान छ ।’
महासेठ अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका थिए भने पोखरेल अध्यक्ष ओलीविरुद्ध फरक प्यानल बनाएर प्रतिस्पर्धी बनेका थिए ।
महासेठले जनताको बहुदलीय जनवादले निर्वाचनमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको भन्दै थपे, ‘ईश्वर पोखरेल आज पनि हाम्रो नेता हो, भोलि पनि हाम्रो नेता पनि हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4