Comments Add Comment

रघुनाथ बजगाईं

लेखकबाट थप

List Grid
चाडबाडको नाउँमा राजनीतिक रापताप गाउँमा

२५ असोज, काठमाडौं । गाउँघरमा अहिले चाडबाडको रौनकसँगै राजनीतिक गतिविधि पनि भित्रिएको छ । राजनीतिक दलका नेता/कार्यकर्ताहरु दशैंको अवसरमा हुने भेटघाट र छलफललाई सकेसम्म आफ्नो शक्ति बढाउने अवसरको रूपमा उपयोग गर्ने कोशिसमा छन् ।

देउवा सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिद्मा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्थमा जनार्दन शर्मा, रक्षामा मिनेन्द्रप्रसाद रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक […]

चुनौतीको चाङमाथि परराष्ट्रमन्त्री खड्का, खोजे आन्तरिक एकता र नैतिक बल

२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का सामु यतिबेला वैदेशिक सम्बन्धका केही पेचिला विषयहरु पार लगाउनुपर्ने गहन चुनौती र जिम्मेवारी छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजना, नेपाल-भारत सीमा समस्या, नेपाल-चीन सीमाको विषय र १९५० को नेपाल-भारत शान्ति तथा मैत्री […]

विवाहको न्युनतम उमेर १८ वर्षमा झार्न सांसदको प्रस्ताव

१८ असोज, काठमाडौं । सांसदहरुले विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव राखेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । १८ वर्षमा बालिग हुने भएकाले विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यवहारिक नहुने उनीहरुको भनाइ छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिमा […]

एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छ । सहभागी महाधिवेशन प्रतिनिधिहरू व्यस्त छन् । कारण- शुक्रबार प्रस्तुत अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी दस्तावेज माथि शनिबार समूहगत छलफलको निष्कर्ष प्रस्तुति गर्ने काम भयो । शुक्रबार अध्यक्ष […]

आरक्षणको अवधि तोक्नुपर्छ : भट्टराई, रिजल्ट ओरियण्टेड हुनुपर्छ : विश्वकर्मा

१२ असोज, काठमाडौं । आरक्षणसम्बन्धी व्यवस्थालाई लिएर सांसदहरुबीच सवालजवाफ हुन थालेको छ । आरक्षण कहिलेसम्म राख्ने हो सोही अनुसार समय तोक्नुपर्ने र समय तोक्न नहुने दुईथरी विचारमा सांसदहरु विभाजित छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण (कोटा) दिने कि नदिने ? भन्ने विषयमा छलफल […]

वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने बिहारको प्रस्ताव

८ असोज, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ […]

इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

८ असोज, काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले […]

कुलमानको प्रस्ताव : कम मूल्यमा बिजुली दिनेसँग पहिले पीपीए गरौं

७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले  भएको छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । अहिले प्राधिकरणले […]

संघ र आफ्नै कारणले कमजोर बने प्रदेश सरकार

५ असोज, काठमाडौं । नेपालको संघीयतामा प्रदेश संरचना नयाँ हो र यो क्रियाशील भएको चार वर्ष भइसकेको छ । तर, अझै पनि आफ्नो अस्तित्व आफैं स्थापित गर्न नसकेको बताउँछन् राजनीतिक विश्लेषक श्याम श्रेष्ठ । अर्का राजनीतिक विश्लेषक विष्णु दाहालको बुझाइ पनि उस्तै छ । प्रदेश तहमा रहेका जनप्रतिनिधिहरूले दूरदृष्टि राख्न नसकेको र आफ्नो अकर्मण्यता छोप्न […]

प्रमुख प्रतिपक्षीलाई पेलेरै बजेट पास गर्ने तयारी

२८ भदौ, काठमाडौं । सरकारले प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरेको छ । संसदको मंगलबार बोलाइएको बैठकको सम्भावित कार्यसूचीले पनि त्यही संकेत गरेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले २३ भदौ यताका सबै बैठकमा वेल घेर्दै आएको […]

संसद : लोकतान्त्रिक अभ्यासको थलो कि शुभलाभको भर्‍याङ ?

२५ भदौ, काठमाडौं । दल चिढिने डर, व्यक्तिगत लाभहानि र क्षमताको अभावले धेरै सांसद बलियोसँग संसदमा बोल्न सक्दैनन् । यसको अर्थ मुलुकको सर्वोच्च जनप्रतिनिधि निकाय प्रभावकारी विधि निर्माणको थलो नभई शुभलाभको भर्‍याङ भइरहेको छ ।