+
+
Shares

को-को हुन् सिने क्षेत्रका ‘तोरी लाहुरे’ ?

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ११ गते १४:२४

कलाकार रोहित रुम्बा फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’बाट निक्कै आशावादी छन् । चलचित्रमा आफूले निक्कै मिहिनेत गरेकाले पनि दर्शकले कामको मुल्यांकन गर्नेमा उनी विश्वस्त छन् ।ashisma-and-samunaउसो त चलचित्रमा दर्शकको नजरमा परिसकेका नायकद्धय गजित बिष्ट र सुवास थापालाई पनि देख्न सकिन्छ । तर पनि रोहित आफ्नो कामको प्रशंसा हुनेमा ढुक्क छन् । काम नभएर हल्लिदै हिड्ने यूवालाई तोरी लाहुरे भनिन्छ । यसैले पनि यो सिनेमा आम नेपाली यूवाहरुको कथा रहेको वुझ्न सकिन्छ ।

एन.बी.महर्जनले निर्देशन गरेको यो चलचित्रमा अशिष्मा नकर्मी, समुना केसी, दिनेश डीसी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निरज कँडेलको छायाँकन, कृष्ण आचार्यको कथा रहेको यो सिनेमाले बेरोजगार यूवाहरुको समस्या बोल्छ ।

चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्वन्द्व, गम्भिर बिष्टको नृत्य छ । रिदम एण्ड दिलिप फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमालाई दिलकुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् ।tori-lauhre-ka-hero

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?