नायिका अशिष्मा नकर्मी र नायक गजित बिष्टको निकटताले धेरैलाई आँखा तन्काउन बाध्य बनाउछ । कुनै सिनेमाको कार्यक्रममा होस् या व्यक्तिगत रुपमा नै किन नहोस्, गजित र अशिष्मा सँगै देखिन्छन् ।सिनेमाको कुनै कार्यक्रममा दुबै जना पुगेको खण्डमा अरुसँग कमै मात्र गफिने गर्छन् यि दुई । केही दिन अघि आयोजना भएको नेफ्टाको पत्रकार सम्मेलनमा पनि गजित र अशिष्माको निकटता देखियो । चलचित्र ‘तोरी लाहुरे’मा काम गरेपछि यि दुई कलाकार नजिक भएका हुन् । यस्तै केही दिन अघि काठमाण्डौमा आयोजना भएको एक सिनेमाको प्रिमियर कार्यक्रममा पनि यो जोडी सागै देखिएको थियो । गजित र अशिष्मासँगै हल परिवेशमा प्रवेश गरेका थिए । गजितको प्रतिभाबाट अशिष्मा प्रभावित छिन् । यता गजित पनि अशिष्माको सबैलाई सम्मान गर्ने बानीबाट प्रभावित भएका हुन् ।
‘हामी एक राम्रो साथी हौं, अशिष्मा र मैले एकअर्काको भावनालाई वुझेका छौ’, गजितले भने । अशिष्माले आफ्नो ख्याल राख्ने गरेको भन्दै गजितले आफूहरु बिचको आकर्षण किन यस्तो छ भन्ने नै थाहा नभएको बताए ।
अशिष्मा र गजित बिच हप्तामा २-३ पटक फोनमा कुरा हुन्छ, एक पटक भेट हुन्छ । ‘एक अर्काको मन मिल्ने भएकाले पनि निकट भएको हुनसक्छ’, गजितले सम्बन्ध खुलाउँदै भने ।
नेपाली सिने नगरीमा कमै मात्र कलाकार एक अर्काको प्रतिभाको सम्मान गर्छन् । यही भिडमा नायिका अशिष्मा नकर्मी र नायक गजित बिष्ट पनि देखिएका छन् । एक अर्कालाई राम्रो साथी बताउने गजित र अशिष्मा बिच पाकिरहेको मित्रताको खिचडी सबैका लागि रहस्यमय नै छ ।
प्रतिक्रिया 4