Comments Add Comment

कम्युनिष्ट किल्ला काठमाडौं २ मा कांग्रेसका कुईँकेल विजयी

congress (6)

९ असार, काठमाडौं । २३ वर्षसम्म कम्युनिष्ट किल्ला रहेको काठमाडौं २ मा नेपाली कांग्रेस विजयी भएको छ । संविधानसभा उपनिर्वाचन अन्तरगत आइतबार भएको निर्वाचनमा कांग्रेसका दिपक कुईँकेल विजयी भएका छन् ।

काठमाडौंको यो क्षेत्र २०६४ सालसम्म क्षेत्र नम्बर १ का रुपमा थियो । २०६४ को संविधानसभा निर्वाचनमा देशभर ३५ क्षेत्र थप्दा क्षेत्र नम्बर २ मा परिणत भएको थियो ।

काठमाडौंको यो क्षेत्रमा एमालेका मदन भण्डारीदेखि नममोहन अधिकारी विजयी भएका थिए । २०४८ मा अन्तरिम सरकारका प्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराउँदै एमालेका तत्कालीन महासचिव मदन भण्डारी निर्वाचित भए । तर, २०५० मा उनको दासढुंगा दुर्घटनामा निधन भएपछि मदन पत्नी विद्या भण्डारीले उपनिर्वाचनमा जितिन् ।

चितवन-४ र कैलाली-६ मा कांग्रेस, वर्दिया-१ मा एमाले विजयी

२०५१ को चुनावमा एमाले अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट निर्वाचित भए र पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने । २०५६ मा मनमोहनले उम्मेदवारी त दिए तर, निर्वाचन हुन पाएनन् । गोठाटार क्षेत्रमा भाषण गर्ने क्रममा बेहोस् भएका अधिकारी अस्पताल भर्ना भएपछि चुनाव स्थगित भयो । पछि एमाले नेता प्रदिप नेपाल निर्वाचित भए ।

congress (1)

२०६४ को संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचितव माधवकुमार नेपालले एमाओवादीका झुक्कु सुवेदीसँग अप्रत्यासित हार व्यहोरे । गत मंसिरमा भएको चुनावमा नेपाल २१ हजार ७४८ मतसहित निर्वातिच भए । दोस्रो स्थानमा रहेका कांग्रेसका प्रतिमा गौतमले १२ हजार ४७५ मत पाएका थिए ।

माओवादी र राप्रपाको मत घट्यो

सोमबार अपराहृन सम्पन्न मतगणना अनुसार कुईँकेलले १८ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४२१ मत पाएका छन् । कांग्रेसले गौतमको स्थानमा कुईँकेललाई उम्मेदवार बनाएपनि एमाओवादीले पुरानौ उम्मेदवार लिलामणि पोखरेल र राप्रपा नेपालले नवराज सिम्खडालाई दोहोर्‍याएको थियो ।

congress (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment