Comments Add Comment

बेल्जियमलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

Higuain goal

२१ असार, काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अबेर भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सन् १९९० मा अर्जेन्टिना उपविजेता भएको थियो । पछिल्ला दुई संस्करणमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बेल्जियमको भने १९८६ पछिकै राम्रो प्रदर्शन हो । त्यसबेला सेमिफाइनल पुगेको बेल्जियमले पछिल्ला दुई संस्करणमा त छनोट चरण नै पार गर्न सकेको थिएन ।

खेलमा अर्जेन्टिनाले आठौं मिनेटमा नै अग्रता लिएका थियो । एन्जल डि मारियाको डिफ्लेक्ट पासमा जोन्जालो हिगुइनले करिव १५ यार्ड टाढाबाट बन टच गोल गरेका हुन् । ३३ औं मिनेटमा डी मारिया चोटका कारण बाहिरिए ।

Can't catch him: Barcelona forward Lionel Messi was in fine form in Brasilia on Saturday

पहिलो हाफमा दुबै टोलीले केही राम्रो मूभ बनाए पनि गोल गर्न सकेन र अर्जेन्टिनाको एक गोलको अग्रता कायमै रह्यो ।

दोस्रो हाफको ५५ औं मिनेटमा हिगुइनाको प्रहार बारका लाग्यो भने ६० औं मिनेटमा बेल्जियमका फेलिनीले बराबरी गोल फर्काउने राम्रो मौका गुमाए । उन हेड बल बारको केहीमाथिबाट बाहिरियो ।

अतिरिक्त समयमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी वान भर्सेज वानमा गोल गर्न चुके । काउन्टरमा आएको बलमा उनको प्रहार बेल्जियमका गोलरक्षकले बताए । खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना १-० को जितका साथ अन्तिम चारमा पुगेको छ ।

Tough: Marouane Fellaini and Daniel van Buyten try to tackle Higuain

तर, अर्जेन्टिना अझै उत्कृष्ट लयमा देखिएको छैन । उसले सबै पाँच खेल १ गोल अन्तरमा जितेको छ । यसअघिका चार खेलमा मेस्सीले नै निर्णाायक रहँदै आएका थिए । बेल्जियमसँगको खेलमा भने हिगुइनको प्रर्दशन राम्रो रह्यो ।

अर्जेन्टिनालार्इ विश्वकपको उपाधि दिलाउने लेजेन्ड म्याराडोना समान ९१ खेल खेलिरहेका मेस्सीले गोल नगरेपनि उनको प्रर्दशन उस्तै रह्यो ।

Shock: Belgium captain Vincent Kompany looks dejected after the goal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment