Comments Add Comment

सकिब अल हसनमाथि ६ महिने प्रतिबन्ध

shakib-al-hasan

२३ असार, काठमाडौं । बंगलादेशको क्रिकेट बोर्ड बीसीबीले स्टार अलराउण्डर सकिब अल हसनमाथि ६ महिने प्रतिबन्ध लगाएको छ ।

बंगलादेशको क्रिकेटका नयाँ प्रशिक्षक चन्डिका हथुरुसिंघालाई दुर्ब्यबहार गरेको भन्दै बीसीबीले सकिबलाई सबैखाले क्रिकेट खेल्न नपाउने गरी प्रतिवन्ध लगाएको हो । उनलाई ओभरसिज कन्ट्रीहरुमा खेल्नको लागि एनओसी दिने वा नदिने भन्ने निर्णय भइसकेका छैन् ।

सकिबमाथि बंगलादेशको क्रिकेटका नयाँ प्रशिक्षक चन्डिका हथुरुसिंघालाई दुब्र्यबहार र भारतबिरुद्घ मिरपुरमा भएको पहिलो एकदिवसीय क्रिकेटमा दर्शकहरुसँग विवाद गरेको आरोप लगाएको छ । बीसीबीका अध्यक्ष नाजमूल हसानले साकीबको ब्यबहारले टिमलाइ असर गर्ने बताए ।

यसअघि पनि उनीमाथि थुपै्र आरोप लागेका थिए । उनी भ्यालिड एनओसी बिनै च्याम्पियन्स लिग खेल्न क्यारेबियन गइसकेका छन् । साकिबलाई प्रशिक्षकले टे्रनिङ क्याम्पमा र्फकन आग्रह गर्दा एकदिवसीय र ट्वान्टी-२० क्रिकेट नखेल्ने धम्की दिएको आरोप छ ।

उनले भने बंगलादेशको क्रिकेट बोर्डसँग ये आरोप अस्वीकार गरेका छन् । साकीबले हसानलाई फोन गरी नयाँ प्रशिक्षकलाई दुर्ब्यबहार गरेको स्वीकार गरेका छन् । बीसीबीका अध्यक्ष नाजमूल हसानले आफूहरुले साकीबलाई प्रष्ट सन्देश दिन चाहेको बताए । उनले भने-‘यदि साकिबका यस्ता ब्यबहारहरु दोहोरियो भने आजीवन प्रतिबन्ध लाग्नसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment