Comments Add Comment

सर्जिओ रोमेरो

Sergio-Romero

अर्जेन्टिनाले विश्वकपको फाइनलमा स्थान पक्का गर्दा गोलकिपर सर्जिओ रोमेरो नायक बने । नेदरल्याण्डको दुई पेनाल्टी प्रहार रोक्दै आफ्नो देशलाई विश्वकपको उपाधि नजिक पुर्‍याएका उनी म्यान अफ दि म्याच घोषित भए ।

रोमेरोलाई युरोपमा ल्याउने लुइज भान गाल नै थिए । जसको टोलीलाई रोमेरोले विश्वकपको क्वाटरफाइनलबाटै घर पठाइदिएको छ । खेलपछि भान गालले भनेका छन्-कसरी पेनाल्टी रोक्ने भनेर मैले नै सिकाएको थिएँ, त्यसले पीडा दियो । हाम्रो क्लबले नै उनलाई युरोपमा ल्याएको थियो । उनीसँग प्रतिभा छ ।’

२७ वर्षीय रोमेरोले २००७ देखि ०९ सम्म नेदरल्याण्डको क्लब एजे अल्कमारमा रहे । रोमेरोले क्लबमा आवद्ध हुँदा भान गाल नै प्रशिक्षक थिए ।

रोमेरो अहिले अर्जेन्टिनी प्रशिक्षक साबेलाको पहिलो रोजाइका गोलकिपर हुन् । एजे अल्कमारबाट इटालिन क्लब गएका उनी गत सिजन फ्रान्सेली क्लब मोनाकोमा लोनमा आए, जहाँ उनले अधिकाशं समय बेन्चमा बिताएका थिए ।

उनले पुरा सिजनमा लिगमा मात्र तीन खेलमा पोष्ट सम्हालेका थिए । तर, २००९ मा डेब्यू गरेका उनले अर्जेन्टिनाका लागि भने ५१ क्याप जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment