Comments Add Comment

ऊर्जा संकटका कारण मोरङमा ४० उद्योग बन्द

२७ असार विराटनगर । ऊर्जा संकटका कारण मोरङमा सञ्चालनमा रहेका ४० ठूला उद्योग प्रतिष्ठान वन्द भएका छन् । करोडौँको लगानीमा खुलेका ठूला उद्योग प्रतिष्ठान मोरङमा वन्द हुन पुगेका हुन् ।

विराटनगर क्षेत्रमा सञ्चालनमा रहेका बहुसंख्याक ठूला उद्योग प्रतिष्ठान वन्द हुनेमा सवै भन्दा बढि छन् । सरकारले मुलुक भरी प्रत्येक पाँच/ पाँच वर्षमा गदै आएको औद्योगिक गणना अनुसार पाँच वर्ष अघि २०६४ सालमा मोरङमा २ सय ९५ ठूला उद्योग प्रतिष्ठान रहेकोमा २०६९ को गणनामा यो संख्या घटेर २ सय ५५ मा सीमित भएको छ ।

दशौँ राष्ट्रिय औद्योगिक गणना २०६९ को नतिजा अनुसार मोरङमा भएका उद्योगहरु पनि वन्द हुनु र नयाँ उद्योगहरु थपिन नसक्दा उद्योग प्रतिष्ठानको संख्या १४ प्रतिशत घटेको देखाइएको छ ।

केन्द्रीय तथ्याङ विभागले विराटनगरमा सार्वजनिक गरेको औद्योगिक गणना २०६९ मा जिल्लामा समग्रमा अघिल्लो गणनाको तुलनामा कपडा उत्पादन, पुस्तक पुस्तिका, पेट्रोलियम पदार्थ प्रशोधन गर्ने प्रतिष्ठान, धातु उत्पादन गर्ने प्रतिष्ठन, औषधिजन्य समाग्री उत्पादन गर्ने प्रतिष्ठानहरु घटेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment