Comments Add Comment

रोबिन भानपर्सी

Robin-van-persie

नेदरल्याण्डले विश्वकपको पहिलो खेलमा गत संस्करणको विजेतालाई ५-१ ले हराउँदा आर्जेन रोबिनसँगै रोबिन भानपर्सी नायक बने । उनले खेलको ४४ औं मिनेटमा गरेको हेड गोल निकै उत्कृष्ट थियो । यही गोलका कारण स्पाइडर म्यानको उपमा समेत दिइयो । पहिलो खेलमा दुई गोल गरेका उनले अष्ट्रेलियाविरुद्ध गोल गरे ।

तर, त्यसयता उनले गोल गर्न सकेका छैनन् । ब्राजिलविरुद्ध तेस्रो स्थानका लागि खेल्दा आर्जेन रोबिनसँगै भानपर्सी नै मुख्य भूमिकामा हुनेछन् ।

सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका भान पर्सीले ९० खेलमा ४६ गोल गरेका छन् । डि्रब्लिङ र पावरफुल प्रहारका लागि भान पर्सी राम्रा मानिन्छन् । उनी क्लब र देश दुबैका लागि महृत्वपूर्ण खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment