Comments Add Comment

अष्ट्रेलियामा देखाइयो नीशा र स्वतन्त्रको प्रेम

mero-valentine

निर्माता सुशिल श्रेष्ठ अहिले निक्कै खुशी छन् । उनले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ लामो समयसम्म पनि आर्थिक अभावका कारण हलमा लाग्न सकेन । तर विदेशमा सिनेमाको अधिकार विक्री भएपछि उनलाई ठूलो राहत भएको हो ।

हालै मात्र चलचित्रको विशेष प्रदर्शन अष्ट्रेलियामा गरिएको छ । चलचित्रका नायक स्वतन्त्रप्रताप शाह शोमा उपस्थित भए । अष्ट्रेलियाको सिड्नीमा अवस्थित सिभिक हमाल सिनेमा देखाइएको हो ।

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएकाले पनि नेपालमा यो सिनेमाले राम्रो व्यापार गर्ने विश्वास निर्माता श्रेष्ठको छ । सुरज सुब्बा’नाल्बो’ले निर्देशन गरेको यो चलचित्रले प्रेमको कथा बोल्छ । चलचित्रमा नीशा अधिकारी, बाबु बोगटी, सुस्मिता ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र नेपालमा साउन १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यूरोप, अमेरिकामा पनि सिनेमाको अधिकार विक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment