Comments Add Comment

गोलपछि मेस्सी किन हात हावामा फैलाउँछन् ? (रोचक १५ प्रशंगसहित)

विश्वकप फुटबलको उपाधि जिते पनि नजिते पनि लिओनल मेस्सी सफल फुटबल स्टार हुन् । क्लबका लागि सबै उपाधि जितिसकेका उनी देशका लागि पनि सबैभन्दा ठूलो उपाधि विश्वकपको नजिक पुगेका छन् ।

अर्जेन्टिना र जर्मनी विश्वकपको फाइनलमा सोमबार विहान १२:४५ मा जर्मनीविरुद्ध उत्रँदैछ र मैदानमा सबैको नजर मेस्सीमाथि नै हुनेछ ।

Lionel-Messi

मैदानमा फुटबल जादु देखाइरहेका मेस्सीबारे केही रोचक जानकारी हामी तपाईहरुसँग बाँड्दैछौं ।

-उनको पूरा नाम लुइस लिओनल आन्द्रेस मेस्सी हो । रोसमरियोमा सन् १९८७ मा जन्मिएका मेस्सी र क्रान्तिकारी नेचम चे ग्वेभाराको जन्मस्थान एकै हो ।

-मेस्सीको परिवार मध्यम बर्गीय इटालीयन मूलका हुन् । उनको बाबु जोर्जे स्टलबर्कर हुन् । एक समय स्थानीय युवा फुटबल क्लबको प्रशिक्षक रहेका रहेका उनी हाल मेस्सीको एजेन्ट समेत हुन् ।

-बाल्यकालमा मेस्सी समान्य बच्चाहरु जस्तो स्वस्थ थिएनन् । हर्मोनको कमिका कारण उनको बृद्धिविकास समस्या थियो । तर, उपचारका लागि आवश्यक मासिक ९ हजार डलर उनको परिवारले जुटाउन सकेन । बार्सिलोनाले मेस्सीको उपचार गर्ने गरी १३ वर्षको उमेरमा एकेडेमीमा लगेको थियो ।

-मेस्सीले १७ वर्षको उमेरमा स्पेलिस लिगमा डेब्यू गरे । सन् २००५/०६ को सिजनबाट उनी बार्सिलोनाको टोलीमा पहिलो रोजाइमा परेका हुन् ।

-मेस्सीसँग अर्जेन्टिना र स्पेनको पासपोर्ट छ । स्पेनले उनलाई आफ्नो देशको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव गरेको थियो, तर उनले अस्वीकार गरे ।

-२००५ मा अन्तराष्ट्रिय डेब्यू गर्ने क्रममा उनी अन्तिम ४७ मिनेटका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । तर उनले रातो कार्ड पाए ।

-मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । क्लब फुटबलमा सबै उपाधि जितेका उनले २००९ मा पहिलो पटक बालोन डि’ओरको उपाधि जिते । लगातार चार पटक बालोन डि’ओर जित्ने उनी एक्ला फुटबलर हुन् ।

-मेस्सीको उपनेम द फ्ली हो । मैदानमा बल लैजाने शैली र गतिका कारण उनलाई यो उपनाम दिइएको हो ।

-मेस्सी साम्बा र काम्बी संगित मन पराउँछन् ।

-मैदानमा फुटबलको जादु देखाउने मेस्सी निकै मनकारी छन् । उनले लिओ मेस्सी फाउन्डेसन स्थापना गरेका छन्, जसले बालबालिकाको उपचारदेखि पठनपाठनमा सहयोग गर्छ । उनी युनिसेफको सद्भावना दूत समेत हुन् ।

-२०१२ नोभेम्बर २ मा बाबु बनेका उनले आफ्नो पिँडुलामा छोरा थिएगोको नाममा ट्याटु बनाएका छन् । थिएगो ७२ घन्टाको हुँदा मेस्सीले बाल्यकालमा खेलेको क्लब न्यूवेल्सको समर्थक क्लबको सदस्य बनेका थिए ।

-मेस्सी गोल गरेपछि दुबै हात हावामा फैलाउँछन् र केही माथि उठाएर खुसी मनाउँछन् । उनले यसो गर्नुको कारण उनले गोलकेा खुसी आफू १० वर्षको छँदा वितेकी हजुरआमाप्रति समर्पित गरेका हुन्, जो मेस्सीसँग निकै नजिक हुन्थिन् । मस्सीको विश्वास छ कि उनी माथि छिन् र हेरिरहेकी छिन् र दबै हात उठाएर मसँगै तपाईप्रति आभारी छु भनिएको हो ।

मेस्सी आफ्नो र्फुसदको समय आफ्नो छोरा प्रेमिकासँग बिताउन मन पराउँछन् ।

-उनी आफ्नो खेलको हाइलाइट हेर्न त्यति रुचाउँदैनन् ।

-मेस्सीलाई अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको उत्तराधिकारीका रुपमा समेत हेरिन्छ । तर, ब्राजिलमा विश्वकप जिते उनी म्याराडोनाको समकक्षी बन्नेछन् ।

-जापानको एक गहना पसलले सुनको मेस्सीको देब्रे गोडा बनाएका छ । जसमा ५५ किलो सुन छ । यसको मुल्य ५२५ मिलियन डलर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment