Comments Add Comment

सिंहदरबार अगाडिबाटै शेयर बजारको लाइभ

३० असार, काठमाडौ । अब सिंहदरबार गेट अगाडि (राष्ट्रिय बाणिज्य बैक केन्द्रीय कार्यालयको छत)बाटै शेयर बजारको प्रत्यक्ष जानकारी पाइने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि सो स्थानबाट लेड भिजुअल बोर्ड मार्फत शेयर बजारको प्रत्यक्ष जानकारी दिन सुरु गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले शेयर बजारका बारेमा सजिलै प्रत्यक्ष, जानकारी पाउन् भन्ने उद्देश्यले लेड भिजुअल बोर्ड स्थापना गरिएको नेप्सेका महाप्रवन्धक सीताराम थपलियाले बताए । आजको अभियान दैनिकले समाचार छापेको छ ।

‘परीक्षणका लागि पहिलो चरणमा सिंहदरबार अगाडि लेड भिजुअव बोर्ड राखिएको छ, थपलियाले भने,’आगामी दिनमा अन्य स्थानहरुमा पनि राख्ने योजना छ ।’ यसअबाट शेयर बजारबारे जानकारी पाउनुका साथै दैनिक गतिविधि प्रत्यक्षरुपमा हेर्न पाइने भएकाले लगानीकर्ताहरुका लागि यो निकै उपयोगी हुने नेप्सेका महाप्रबनधक थपलियाले बर्ता ।

अहिले नेप्सेको बेबसाइट र शेयर ब्रोकर कम्पनीमा मात्र हेर्न सकिने यस्तो प्रत्यक्ष कारोबार सार्वजनिक स्थलमा पनि हेर्न पाउनु लगानीकर्ताका लागि लाभदायक भएको विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment