Comments Add Comment

रणवीरसँग दूरी बढाउँदै दिपिका, कट्रिनालाई भनिन्- ह्याप्पी बर्थ डे

dipika and ranbir (2)कुनै बेलाको चखेवा जोडी रणवीर कपुर र दिपिका पादुकोण अहिले क्रोयसियामा सुटिङ गरिरहेका छन् ।
ब्रेकअपपछि आफ्नै पूर्व पार्टनरसँग काम गर्नु त्यति सजिलो र सहज काम हैन् । तर, यो जोडीले ब्रेकअपछि पनि सँगै काम गरिरहेको छ ।
रणवीर अहिले कटि्रना कैफसँग डेट गरिरहेका छन भने दिपिका रणवीर सिंहसँग । दुवै अहिलेको सम्बन्धमा सिरियस देखिन्छन र त्यसको आनन्द लिइरहेका छन् ।
यस्तो अबस्थामा पुरानो सम्बन्धले दिल नदुखाओस भनेर दिपिकाले रणवीरसँग निकै दुरी कायम गरेकी छिन् ।
सुटिङ युनिटका सदस्यहरुले बताएअनुसार उनीहरु अभ्यासका क्रममा र सेटमा बाहेक दोहोरो कुरा गर्दैनन् । धेरै कुराकानी गर्दा प्रेमको पुरावृत्ति नहोस् भनेर उनीहरु दुवै सचेत देखिन्छन् ।
सुटिङकै क्रममा रणवीरले कटि्रनाको जम्मदिन सेलिब्रेट गरे । सुटिङ स्पटमै सेलिब्रेट गर्दा दिपिकालाई अप्ठेरो पर्ला भनेरै उनले अन्यत्रै गएर कटि्रनासँग समय बिताए ।
कुनै बेला रणवीरको नाममा घाँटीमा ट्याटु खोपेकी दिपिका उनीसँगको प्रेममा निकै पागल थिइन् । तर, अहिले ट्याटुको दागमात्र हैन, दिलबाटै प्रेमको दाग मेटाउन कोसिस गरिरहेकी छिन् । सोही सन्देश दिन उनले कटि्रनालाई पहिलोपटक सामाजिक संजालमार्फत् जन्मदिनको शुभकामनासमेत दिइन् । यसअघि खासै मित्रता नभए पनि रणवीरलाई ‘अब म तिम्रो यादमा छैन, केवल तिम्रो शुभचिन्तकमात्र हुँ’ भन्ने सन्देश दिन उनले ट्वीटरमार्फत् कटि्रनालाई ह्याप्पी बर्थ डे भनेकी थिइन् ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment