Comments Add Comment

मुक्तिनाथ विकास बैंकको नाफा १५ करोड १९ लाख

१२ साउन काठमाडौं । कास्कीको पोखरामा प्रधान कार्यालय रहेको क्षेत्रीयस्तरको मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ मा १५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

Muktinath-bikas-bankबैंकले अघिल्लो वर्ष भन्दा ९ करोड रुपैयाँ बढी सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्ष १३ करोड ९८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले गत वर्ष २३ करोड ८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले अघिल्लो वर्षको भन्दा १४ करोड रुपैयाँ बढी व्याज आम्दानी गरेको छ  । २०७० असार मसान्तमा ४७ करोड २० लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ असार मसान्तमा  ६१ करोड ३५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

तर, व्याज खर्च भने ४ करोड रुपैयाँले मात्रै बढाएको छ । अघिल्लो वर्ष २४ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको बैंकले गत वर्ष २८ करोड ६७ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा विस्तार पनि बैंकले उल्लेख्य रुपमा बढाएको छ । गत वर्ष बैंकले ५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४ करोड रुपैयाँ कर्जा विस्तार गरेको थियो ।

यस अवधिमा बैंकले खराब कर्जामा पनि केही सुधार गरेको छ ।  अघिल्लो वर्ष ०.५९ प्रतिहत रहेको खराब कर्जालाई गत वर्षमा बैंकले ०.४४ प्रतिशतमा खुम्चाउन सफल भएको छ । बैंकको चुक्त पुँजी ३६ करोड ७५ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment