Comments Add Comment

एसएलसी रिटोटलिङको परीक्षाफल सार्वजनिक

१६ साउन, काठमाडौं । एसएलसीको नतिजा पुनर्योग (रिटोटलिङ)को परीक्षाफल सार्वजनिक भएको छ । जसमा रिटोटलिङ गराउने झण्डै १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले जेठ अन्तिममा सार्वजनिक गरेको नतिजाको चित्त नबुझ्ने १५ हजार १ सय ३० विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए । त्यसमध्ये १ हजार ४ सय १० जना अर्थात ९ दशमलब ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

फेल भएर पुनर्योग गराउँदा ४ सय ९ जना पास भएका छन् । यसमा ८ नम्बर पाएका विद्यार्थीले पुनर्योग गर्दा ८० ल्याएका छन् । त्यस्तै, पास भएर पनि नम्बर चित्त नबुझेपछि पुनर्योग गराउँदा १ हजार १ जनाको नम्बर बढेर आएको छ ।

तीन बिषयमा अनुत्तीर्ण विद्यार्थीले समेत पुनर्योगका लागि निवेदन दिएका थिए । जसमा १ सय १६ जनाले पुरक परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment