Comments Add Comment

अनिताबाट ममाथि पुरुष हिंसा भयाे

डा. अष्टमान किसी, महर्जनAsthaman KC

म पत्रकार एवम् कानुनतथा सामाजिक चिन्तक डा. अष्टमान किसी महर्जनलाई केही गुण्डाहरुले चरित्रहीन महिलालाई उक्साई २४ दिनपछि प्रहरी हिरासतबाट धरौटीमा रिहा भएको मान्छेलार्इ पुनः थुनामा राख्न महिला हिंसामा जाहेरी गर्नु भनी राय सल्लाह दिई जाहेरी गरेका छन् । हिंसा गर्नु सामाजिक अपराध हो । चाहे महिला किन नहोस्, चाहे पुरुष नै किन नहोस् ।

ग्लोबल फण्ड फर वुमेनबाट काठमाण्डौ उपत्यकामा जनचेतना जगाउने उदेश्य ३० मे२०१४ मा अनलाइन प्रस्ताव फाराम भरी प्रस्तावना पठाएका थियौं । उक्त फर्मको रकम रु ५०००।– डलर देखिरु ३०,०००।– डलरसम्मको हो । प्रस्तावना पठाएको मितिले ८ हप्ता भित्र जानकारी गराउनुपर्नेमा हालसम्म पनि उक्त प्रस्तावना स्वीकृत भए/नभएको बारे जानकारी भएन ।

अनिताले मलाई दले भन्ने व्यक्ति लगायतले डरधम्की दिएपछि मैले सामान्य सादा कागजमा मिति २०७१ साल आषाढ १६ गते उक्त रकम आएपछि मात्र आधा आधा बाँडफाँड गरौंला भनी कागज गरी दिएका थियौं । सो दुईपक्षबीच भएको कागज गरेको चित्त बुझेन भनी मलाई मिति २०७१ साल श्रावण ५ गते तपाईसंग छलफल गर्नुपर्ने भयो भनी बल्खुमा डाक्नुभयो र म तुरुन्छबल्खुमा पुगें । त्यहाँ पुगेपछि अनिताको दोस्रो श्रीमान् भन्नेले मलाई लिएर जानुभयो । जुन ठाउँमा अनिता लगायत अरु सात/आठ जना गुन्डाजस्ता देखिने केटाहरु थिए ।

ग्लोबल फण्डबाट तपाइले पैसा लिइसक्नुभएको छ, तपाईले पैसा तत्काल हामीलाई दिनु, नत्र राम्रो हुँदैन भनी मलाई डरधम्की त्रास देखाउनुभयो । गुण्डा केटाहरुजस्तै देखिने ग्रुपभित्रबाट एकजना केटाले किसीलाई अहिल्यै उठाएर लिएर जानु पर्यो वा उसका परिवारबाटकुनै सदस्यलाई उठाएर ल्याउनु पर्यो भने । यसलाई वैदेशिक रोजगारको कागज गरी छोड्नु पर्यो भनेको मैले बुझें ।

त्यतिखेर नै कालिमाटी प्रहरी बृत्त, कालिमाटी अगाडि हामी पुगिसकेका थियौं । हामी प्रहरी बृत्तमा जान तयार भयौं र गयौं । कालिमाटी प्रहरी वृत्तबाट हनुमानढोका जानु भनी आदेश दिएपछि हामी सोही दिन सोही समय हनुमानढोका जान ट्याक्सी चढ्न लाग्दा केही गुण्डाहरुले तँ बाच्न चाहन्छस् भने तुरुन्त पैसा दे, नत्र राम्रो हुँदैन भनी मलाई हातपात गरे ।

हामी त्यहाँबाट ट्याक्सी चढी हनुमानढोका पुग्यौं ।त्यहाँ उनले के के भने, मलाई केही थाहा भएन । हामीलाई त्यहाँबाट प्रहरीकै गाडीबाट ललितपुर प्रहरी परिसर, जाउलाखेलमा ल्याउने काम भयो । जाउलाखेल पुगिसके पछि निज अनिताले महिला सेलमा गई रुँदै जथाभावी हुँदै नभएको कुरा गरी महिला सेलको भनाइलाई उदृत गर्दै अनुसन्धानका लागि सातदोवाटो प्रहरीबृत्त, सातदोवाटोमा लैजानु भनी उल्टो मुद्दामा फसाउने षड्यन्त्र गरे ।

सोहीदिन जाउलाखेल प्रहरी वृत्तमा निजका गुण्डाहरुले मेरो छोरा र छोरीलाईहातपात समेत गरेका थिए । निजले सातदोबाटो प्रहरीवृत्तमा पुगी अर्को कुरामेरो फोटो भएको मेमोरी कार्ड रेडियो स्टेशनमा छ भनी भन्नुभयो र मैले भनें तिमीले छाडेकोमेमोरी रेडियो स्टेशनमा छ भने हामी सोही दिन राति करिब ८:३० बजे प्रहरीसहित ललितपुरको ठैवमा रहेको मेरो पर्यावरणचक्र रेडियो एफएमको स्टेशनमा आयौं ।Parayabaran

प्रहरीले रेडियो स्टेशनमा भएको कम्प्युटर, क्यामेरा उठाउनुभयो । निजले छाडेको मेमोरी मैले प्रहरीलाई दिएँ । उक्त मेमोरीमा पहिलो फोल्डरमा उसको घर परिवारको फोटो र दोस्रो फोल्डरमा उसको कोठामा खिचेको ६ वटा नांगो फोटो रहेछ । उक्त फोटो प्रहरीसँग बसेर हेरेका थियौं । मेरो नांगो फोटो विदेशमा पठाएर पैसा खायो भनी उनले मलार्इ आरोप लगाइन् ।

उक्त नांगोफोटो मैले खिचेको भनी झुठो आरोप लगाइयो । रेडियो स्टेशनबाट लिएर गएकोकम्प्युटर अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा मिति २०७१ साल श्रावण ६गते परीक्षणका लागि मलाई समेत प्रहरीले लिएर जानुभयो । उक्त कम्प्युटर परीक्षण गरियो । तर, केही पत्ता लागेन । निज अनिताको इमेल त्यतिबेलादेखि नै अरुले नै चलाउँदै गरेको पत्ता लाग्यो । अरु कुनै कुरा पत्ता लागेन । उक्त इमेल कसले र कहाँबाट सञ्चालन गर्दै आएको प्रहरीले पत्ता लगाए, जुन इमेल निजका आफ्ना मान्छेहरुले चलाउँदै गरेको थाहा पाइयो ।

मैले उक्त इमेल चलाएको होइन भनी प्रहरीलाई जानकारी भयो । मैले कुनै पनि ठाउँमा इमेल पठाएकोछैन भनी हनुमानढोकाबाट जानकारी गराउनु भएपछि मलाई साइवर क्राइम अन्तर्गतमुद्दा लगाउन मिल्दैन भनी सार्वजनिक अन्तर्गत मुद्दा चलाउनुभयो ।

सातदोबाटो प्रहरी वृत्त, सातदोबाटो ललितपुरबाट फेरि कम्प्युटर परीक्षणका लागि हनुमानढोका पठाउनुभयो र मलाई पनि लिएर जानुभयो । हनुमान ढोकाबाट लिखितरुपमा २०७१ साल श्रावण १५ गते कम्प्युटरसहित फिर्ता पठाए । निज अनिताले पटक-पटक बोली फेर्दै, रुँदै जाहेरी दिँदै आइरहेकी छिन् । पटक-पटक मसंग शारीरिक सम्पर्क गर्न खोजेको र शारीरिक सम्पर्क गर्न नपाएपछि १८ महिनाको तलब नदिएर मलाई रेडियो स्टेशनबाट निकाला गरिदिए भनी निज अनिताले झुठो जाहेरी दिइन् ।

निज अनितासँग मैले कुनै पनिबेलामा शारीरिक सम्पर्क गर्न खोजिँन । निज अनिताको पहिलो श्रीमानको मेटल वर्कसपको प्रायोजनमा तीन महिना १२ घण्टा मात्रकार्यक्रम सञ्चालन गरेको थियो । ऊनी हाम्रो कर्मचारी होइनन् । निज अनितालाई तलब दिनु पर्दैन भनी मैले सातदोबाटो प्रहरी बृत्तमा लिखित वयानसमेत दिइसकेको छु । निजसँग मैले यौन सम्पर्क गरेको हैन र उक्त नांगो फोटो मैले खिचेको छैन भनी वयान समेत दिइसकेको छु । प्रहरीले सोधे बमोजिम प्रष्ट वयानसमेत दिइसकेको छु ।

जहाँसम्म तलबको कुरा रह्यो, निजअनिताले रेडियो स्टेशनमा काम गरेको पुष्टि गर्न सक्छिन् भनेश्रमजीवी पत्रकार ऐनले निर्धारण गरेबमोजिम हामी तलब दिन तयार छौं भनीप्रहरीमा वयान दिइसकेको छु ।

निज अनिता अर्कै कम्पनीमा काम गर्ने एक कर्मचारी हुन् । रेडियो स्टेशनमा काम गर्ने कर्मचारी होइनन् । फुर्सदको समयमा श्रीमानसँग हप्ताको एक पटक मकहाँ आउने गरेका थिए । प्रहरीले उक्त मेमोरी कार्डमा भएको नांगो फोटो कसले खिचेको हो भनेर अनुसन्धान गरेन । तत्कालै उक्त फोटो कसले खिचेको हो, अनुसन्धान गरी पक्राउ गरी आवश्यक कार्यवाही गर्नुपर्नेदेखिन्छ ।

पैसाको लागि श्रीमान फेर्दै हिँड्ने उनले मलाई आउँदै नआएको पैसा आयो र खायो भनी मेरो चरित्रमा आँच आउने गरी जथाभावी लाञ्छना लगाएर अनुसन्धानको शिलशिलामा मिति २०७१ साल श्रावण ५ गतेबाट थुनामा रहीमिति २०७१ साल श्रावण २८ गतेका दिन जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १लाख २८ हजार नगद धरौटी राखी म रिहा भएको छु ।

अझ मलाई निज अनिताले महिला हिंसाको मुद्दा लगाउँछु भनी हिँडिराखेकी छिन् । यसबाट सरोकारवाला संघसंस्था र सम्बन्धित निकायको ध्यान जान नितान्त आवश्यक भएको देखिन्छ । यस सम्बन्धमा निज अनिता र उसँगै आउने गुण्डाहरुलाई थप अनुसन्धानको लागि थुनामा राख्न नितान्त आवश्यकता भएको देखिन्छ ।

अनिताले पुरुष हिंसा गरेकी छिन् । त्यसकारण उनलाई तत्काल पक्राउ गरी थपअनुसन्धान गरी निजले लगाएको अभियोगबाट मुक्ति पाउन सहयोग गरिदिनु हुन सबैमा अपील गर्न चाहन्छु । पैसाका लागि आफ्नो नांगो फोटो खिची अरुलाई फँसाउन खोज्ने अनितालाई छानविन गरी कडाभन्दा कडा कारवाही गरी पाऊँ भन्नेमेरो माग रहेको छ ।

निज अनिताले अत्यन्तै निचताको पराकाष्ठा नाघेर मजस्तो एउटा समाजसेवामा अहोरात्र होमिएको ब्यक्तिलाई निराधार कपोलकल्पित र लाजैमर्दो आरोप लगाएर आफ्नो वास्तविक चरित्र उदांगो पार्नुका साथै सम्भव नै नभएका मागहरु राखेर मलाई षडयन्त्रपूर्वक लाञ्छना लगाउने दुश्प्रयासको न्यायायिक छानविनको लागि जोडदार माग गर्दछु ।

म प्रहरी हिरासतबाट २४ दिनपछि १ लाख २८ हजार रुपैयाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयबाट०७१ श्रावण २८ गते रिहा भएँ । अब तपार्इहरु भन्नुहोस् यहाँ महिला हिंसा भयोकि पुरुष हिंसा भयो ?

(किसी पर्यावरण चक्र एफएम, ललितपुरका सञ्चालक हुन् । यो ब्लगमा उल्लेखित कुरा उनका निजी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment