Comments Add Comment

प्रभाकरले बिर्सन सकेनन्- रातभर एक्लै पोष्टर टाँसेको र झिम्पे टावर आक्रमण गरेको

७ भदौ, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले तत्कालिन सशस्त्र युद्धको बेला गरिएको आक्रमणलाई अहिले पनि विर्सन सकेका छैनन् । रातभरि एक्लै पोष्टर टाँसेको, झिम्पे टावर आक्रमण लगायत आफूलेे विर्सन नसकेको बताएको नयाँ पत्रिकामा छ ।
प्रभाकरले विर्सन नसकेको १२ क्षणः

janardan-sharma
रातभरि एक्लै पोष्टर टाँसेः
जनयुद्ध सुरु गर्ने बेलामा म दाङ्मा थिए । सुरुवाती कारबाही गर्दा जिल्लाभरि कभर गर्नुपथ्र्यो । केही साथी जनयुद्ध सुरु गर्ने भनेपछि निश्क्रिय हुन थाले । घोषणाको अघिल्लो दिन अरु साथीलाई अन्यत्र कारवाही गर्न पठाएँ र एक्लै घोराही बजारका विभिन्न ठाउँमा पोष्टर टाँसें । सवै टार्गेट भ्याएँ । एक्लै भएपनि नयाँ उत्साह थियो, केही गर्न लागिएको छ भन्ने थियो ।

झिम्पे टावर आक्रमण

सल्यानको झिम्पे लेकमा रहेको टेलिफोन टावरको सुरक्षा गर्ने प्रहरीचौकी थियो । त्यही लेको सामुन्ने रहेको झ्यामको लेकमा मैले ०५५ सालको कार्तिकको पहिलो साता हाम्रा सैनिकका लागि ट्रेनिङ् चलाएँ । प्रशिक्षणका लागि पासाङ्जी (नन्दकिशोर पुन) लाई बोलाएको थिएँ । अन्तिम दिनमा बेस्सरी पानी पर्यो । निकै जाडो भयो । झिम्मे लेकमा रहेको प्रहरीलाई पनि हामीलाई जस्तै जाडो भएको छ भन्ने मेरो दिमागमा एक्कासी आयो । मैले भनें, ‘झिम्पे टावरमै किन परीक्षण नगर्ने ?’ केही साथीलाई रिकी गर्न पठाएँ । ठाउँ अप्ठेरो छ, भिरालो जमीन छ भन्ने आयो । तर मैले साथीहरुलाई कन्भिन्स गरै. । अन्ततः हामीले १० कार्तिकमा आक्रमण गर्यौं ।

फन्दामा डिएसपी

५ असोज ०५६ मा रुकुमको महत गाविसमा रहेको प्रहरीचौकीमा गरेको कारवाही सफल भयो । यो पनि तत्कालिन अवस्थाको ठूलो कारवाही थियो । कारवाही सकिएपछि मैले यहाँको कमाण्डर को हो भनेर सोधें । हाम्रा साथीहरुले डीएसपी ठूले राईलाई फेला पार्नु भएको रहेछ । उनले ‘म हुँ’ भने । साथीहरुले डोरीले बाँध्नु भएको रहेछ । मैले फुकाइदिन भनें । हामीबीच राम्रो छलफल भयो । पछि उनलाई हामीले रिहा गरिदियौं ।

साथीको सहादतमा रुवाबासी

०५६ चैत्रमा रुकुमको ताकसेरामा रहेको प्रहरीचौकीमाथिको कारबाही जनयुद्धको उल्लेखनीय आक्रमण पर्छ । उक्त चौकीमा चार-पाँचवटा साना चौकी मिसाइएको थियो । त्यसैले हामीले लामो समयसम्म लडाइँ, गर्नुपर्यो, त्यसलाई कब्जामा लिन । यो उनीहरुको केन्द्रीकृत शक्तिलाई पराजित गरेको अर्को ठूलो लडाइँ थियो ।

उज्यालैमा चौकी कब्जा

दोस्रो राष्ट्रिय सम्मेलनपछि मेरो जिम्मेवारी सुदूरपश्चिम क्षेत्रमा पर्यो । त्याहाँ गएपछि मैले सुरुमा सेना निर्माणको काम सुरु गरें र एउटा प्रशिक्षण चलाएँ । कामको थालनी कैलालीबाट गरें । सँगसँगै मैले किसानहरुलाई संगठित गर्ने अभियान चलाएँ । १५ दिनमा ६० जना किसान संगठित भएका थिए ।

रेन्जर फोर्सको भिडन्त
तत्कालिन शाही नेपाली सेनाले आफ्नो ‘रेन्जर फोर्स’ को खुबै बढाइचढाई गरी प्रोपोगन्डा गरेका थिए । अब यसले नै केही गर्छ भन्ने प्रचार ब्यापक थियो । हामीलाई भने त्यस्तो लागेको थिएन । अर्कै स्थानमा कारबाही गर्ने उद्देश्यले कैलालीको पन्डोनमा हामी तयारी गरिरहेका थियौं । हामी तयारीको प्रारम्भिक स्थितीमै थियौं । गोलीगट्ठा प्रयाप्त थिएन । त्यत्तिकैमा उनीहरुले हामीमाथि आक्रमण गरे । पन्डोनको एउटा डाँडामा भीषण लडाइँ भयो । रेन्जर त्यस्तो केही होइन भन्ने प्रमाणित भयो ।

खारामा असफलता

रुकुमको खारामा रहेको शाही सेनाको मजबुद ब्यारेकमाथि हामीले दुई दिनसम्म जमेर आक्रमण गर्ने योजना बनाएका थियौं । हाम्रो फोर्स र आर्क दुई भागमा बाँडिएको थियो । एउटा आर्कको नेतृत्व मैले गरेको थिएँ, अर्कोको नेतृत्व पासाङजीले गर्नु भएको थियो । हामी बंकर बनाउँदै, तार काट्दै ब्यारेको टपमा पुगेका थियौं । तर उज्यालो हुने बेलामा अर्को साइडबाट साथीहरु रिटि्रट हुनु भएछ । त्याहाँ हतियारले काम नगरेको खबर हामीलाई आएन । अर्को आर्कमा आक्रमण बन्द भएपछि शाहीसेना हामीतिरै केन्दि्रत भयो । उता सदरमुकामबाट पनि फोर्स थपियो । हामीले दुईतिर लड्नुपर्यो । त्यसैले असफलता हात पार्यौं ।

जोडबलमा पिली

खारामाथि गरिएको कारबाही सफल हुन नसेको स्थिती थियो, जसका कारण पार्टीभित्र पनि ‘कन्फ्युजन’ उत्पन्न भएको थियो । नेतृत्वपंक्तिका साथीलाई पनि जितिदैन भन्ने लागेको थियो । मलाई लाग्यो-हाम्रा सेना, कार्यकर्ताको गिरेको मनोबल उठाउँनुपर्छ । मैले रिस्क लिने निर्णय गरें । मैले नेतृत्वलाई कन्भिन्स गरें । बि्रगेडहरुलाई कोच गरें । कमाण्डर विविध हुनुहुथ्यो, उहाँ सर्भेमा जानुभयो ।
बाटो बनाउँन गएको भए पनि शाहीसेनाले त्यहाँको फोर्टिफिकेसन निकै मजबुद बनाएको थियो । उनीहरुकै हतियारले पुरै सुसज्जित थिए । तर, त्यो उनीहरुका लागि नयाँ ठाउँ थियो ।

टार्गेट पोखरा

०६२ मा औपचारिक रुपमा जनसेनाको कमाण्डरको जिम्मेवारी लिएपछि मैले एउटा ठूलो फोर्सको नेतृत्व गर्न थालें । हामी पोखरा टार्गेट गरेर अगाडि बढ्यौं । त्यतिबेला हामीले ‘माझीदाइ फेवातालको’ भन्ने कोडभाषा बनाएका थियौं । हामी बाग्लुङ्, पर्वत हुँदै स्याङ्जाको पूर्वी बेल्टमा आइपुग्यौं । स्याङ्जाको मनकामनामा आइपुगेपछि हाम्रो शाहीसेनासँग भिडन्त भयो । हाम्रा लागि नयाँ भूगोल थियो, सेनाले घेराबन्दी गरेर आक्रमण गर्यो । पाँचजना साथी गुमायौं ।

कब्जामा तानसेन

शाहीसेनाको ठाउँ ठाउँको घेरा पार गर्दै पाल्पाको पूर्वी र तनहुँको पश्चिम भेग पुग्यौं । त्यसबेला एउटा अनौठो घटना भयो । हामी जहाँ क्याम्प राखेर राती बेसेका थियौं । नेपाली सेना हामी भन्दा पाँच मिनेट पर बसेको रहेछ । बिहान उठेपछि पो उनीहरुको सेन्ट्री देखियो । उनीहरुले पनि देखे । हामी आक्रमण गर्ने मुडमा थिएनौं । उनीहरुले पनि हामीमाथि आक्रमण गरेनन् । हामी आ-आफ्नो बाटो लाग्यौं ।
पाल्पा कब्जा गर्न जानेक्रममा पनि हाम्रो शाहीसेनाको रेन्जर फोर्ससँग पटक-पटक भिडन्त भयो ।

राजमार्गमा दिउँसै लडाइँ

जनयुद्धको उत्तरार्द्धतिर पूर्व-पश्चिम राजमार्गको सुनवलमा भएको कारबाही गण्डक अभियानको महत्वपूर्ण कारवाही थियो । हामीले दिउँसो नै मूल राजमार्गमा बुटवल तथा नवलपरासीबाट हामीलाई घेराबन्दी गर्न आएको फोर्समाथि आक्रमण गर्यौं । उनीहरु क्षतिविक्षत भए ।

हुन नसकेको आक्रमण
गण्डक अभियानको अन्त्यतिर हामी बुटवलमाथि कारबाही गर्ने निर्णयमा पुग्यौं । तर आक्रमणका लागि हाम्रो फोर्स पस्न नपाउँदै सेनाले बजारका मुख्य क्षेत्र कब्जा गरिसकेको खबर आयो । तल रहेका हाम्रा सूचनादाताले सेना बजारका मुख्य-मुख्य ठाउँमा बसेको खबर दिए । हाम्रो एउटा कम्पनी सहायक बाटोबाट बजार क्षेत्रभित्र गइसकेको थियो । यस्तो खबर आएपछि मैले सँगै रहनु भएका कमिसारलाई सोधें । उहाँले कमाण्डरले नै गर्ने हो भन्नुभयो । सेनाले योजना थाहा पाइसकेको र एम्बुस थापेर बसेको खबर आएको स्थितीमा मैले फोर्स रिट्रिट गरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment